काठमाडौं – सिनामंगल गैरिगाँउ स्थित काठमाडौ विनायक शिक्षालय केभीएसले आफ्नो बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपले मनाएको छ।

विहिवार जमल स्थित राष्टिय नाँचघरको प्रेक्षालयमा विधालय व्यवस्थापन समिती अध्यक्ष गेन्द्र लामाको सभापतीत्वमा भएको कार्यक्रममा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता रहेको थियो भने नेशनल प्याब्सनका पुर्व केन्द्रिय अध्यक्ष कर्णबहादुर शाही विशिष्ट आतिथिका रुपमा रहेका थिए साथै कार्यक्रममा विभिन्न विधाललयका प्रिन्सिपल ,समाससेवी लगायत विभिन्न क्षेत्रका मुर्धन्य व्यक्तीत्वहरुको समेत उल्लेख्य उपस्थीती रहेको थियो ।
कार्यक्रममा केभीएसले देशका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका व्यक्तीत्वहरुलाई सम्मान गरेको थियो ।

अभिभावक दिवसका अवसरका विधार्थीहरुले गायन,नृत्य, फेसन सो लगायत विविध प्रस्तुतीहरुका पस्केका थिए भने राष्टिय बाल नाटक महोत्सवमा प्रथम हुन सफल नाटक समेत विधार्थीहरुले मंचन गरेका थिए जुन कार्यक्रमकै विशेष आकर्षण बन्न सफल भयो ।
त्यसैगरि कार्यक्रममा उत्कृष्ट शिक्षक शिक्षीका र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि माधाव कुमार नेपालले विधार्थीहरुको क्षमता विकासमा केभीएसले खेलेको भुमिकाको प्रशंसा गर्दै विधार्थी भनेका खाली पाना हुन् जसमा जस्तो लेखीयो उस्तै बन्ने भन्दै केभीएसले उत्कृष्ट शिक्षा दिइरहेकाले यस विधालयमा छोराछोरी पढाउँन पाउँनु सवैका लागी गौरवको विषय भएको बताए । विधार्थीहरुको प्रस्तुतीले निकै लोभीएका नेपालले कार्यक्रममा बसुन्जेलनै उनिहरुका प्रस्तुतीका भिडियोहरु आफ्नो मोवाइलमा कैद गरे।

विधालय प्रिन्सिपल सम्झना लामाले केभीएस एम टु एम अर्थात मन्टेश्वरी देखी मास्टर डिग्री सम्म अध्यापनको लक्ष्य लिएर हिडिरहेको र अभिभावको सकारात्मक सहयोग र मायाका कारण आफु थप उत्साहित भएको बताइन । विधार्थीको क्षमता विकासमा आफुहरुले कुनै कसर बाँकी नराख्ने भन्दै उनले विधालयले गरेको लगानीलाई विधार्थीहरुले समेत विभीन्न विधामा अर्वाड ल्याएर विधालयको गरिमा उच्च बनाएको बताइन् ।
