२०८३, २४ कार्तिक सोमबार
×

यसरी चुमे आनाको गॉंला बलिउड खलनायकले (तस्विर सहित)

1729 Shares

नेपालमा नेपाली र अंग्रेजी भाषामा बनेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ को हिजो भव्य प्रिमियर सम्पन्न भएको छ । हलिउडदेखि बलिउडसम्मका कलाकारहरुको अभिनय रहेको उक्त फिल्मको प्रिमियरमा फिल्मका कलाकार एवं बलिउडका चर्चित खलनायक गुल्सन ग्रोबरको समेत उपस्थिती रहेको थियो । प्रिमियरकै लागि उनी २९ गते नेपाल आएका गुल्सनले नेपाली फिल्ममा काम गर्न पाउदा आफुलाई खुसी लागेको बताए । नेपालीहरुले ‘द म्यान फ्रम काठमाण्डु’ फिल्मप्रति गर्व गर्नु पर्ने भन्दै उनले नेपालीमा बोल्दै भने “मलाई नेपाल आएर खुसी लाग्यो” ।

उनले भने “यो फिल्म मात्र फिल्म होईन यो नेपाली सिनेमाको बिकासको बाटो हो” ।हरेक नेपालीले यस फिल्मप्रति गर्ब गर्नु पर्छ” । प्रिमियरमा गुल्सनले निकै हट र सुन्दर भएर आएकी आनालाई माया गर्दे चुम्बन गरेको दृश्य कैद गर्न तँछाडमछाँड नै थियो । गुल्सनले धेरै पटक आनाको प्रशंसा गर्दे आईरहेका थिए । फिल्म हेरेपछि नेपाली कलाकारहरुले पनि फिल्मको प्रशंसा गरेका छन् । चलचित्रकर्मी तथा दर्शकहरुले फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ प्रयोग गरेको प्रतिक्रिया मिलेको छ ।

‘द म्यान फ्रम काठमाण्डु’ मा जेरी फेम नायिका आना शर्मा ,अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, परमिता राणा ,आमिर गौतम लगायतको अभिनय रहेको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिनले निर्माण गरेको यस फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा उठान गरेको छ ।

प्रतिक्रिया