२०८३, २४ कार्तिक सोमबार
×

नाजिरलाई कसले दियो ज्यान मार्ने धम्की ?

910 Shares

नेपाली सिनेमा क्षेत्रमा कम समयमा आफनो अब्बल अभिनय क्षमताको कारण लाखौँ दर्शकहरुको मन जितेका नायक हुन नाजिर हुसेन । नामकै कारण कुनै समय भारतीय भएको आरोपसमेत खेपेका नाजिर धोती भन्दै टिप्पणीहरु गरिए तर उनी बिरगन्जका रैथाने नेपाली हुन् । मुस्लिम बुवा र हिन्दु आमाबाट जन्मिएका नाजिर त्यसैले पनि हरेक धर्म र चाडवाडलाई खुसीसाथ मनाउने गर्छन् । तर पछिल्लो समय उनलाई मुस्लिम भएकै कारण मुस्लिम आतंकवादी भन्दै सामाजिक सञ्जालमा आएका कमेण्टहरुको कारण नाजिर निकै दुखी छन् । हाल कागजपत्र फिल्मको प्रमोसनमा समेत रहेका नाजिरलाई कतिपय एकाउण्टबाट ज्यानै मार्ने धम्की समेत आएका छन् । उनका अनुसार मुस्लिम आतंकवादी भन्दै ज्यानमार्ने धम्की दिएकाहरुले आफनो परिचय गोप्य बनाएका छन् ।

जुन हेर्दा नै फेक लाग्छ । उनले केही समय अगाडी रिलिज भएको फिल्म गरुढ पुरणमा पनि काम किन गरेको भन्दै धम्की आएको बताए । उनले गरुडपुराणलाई कुरान बनाएर हेर भनेर समेत म्यासेजहरु आएको बताए । उनले उक्त फिल्ममा काम गरेर जानी जानी अरुको धर्म संस्कृतीलाई नराम्रो भन्न नखोजेको बताए । गुरुढ पुराण फिल्ममा अलिकति अश्लिता पस्किएको फिल्ममा काम गर्नु अघि आफुले पनि सोच्नु पर्ने तर कसैको मन दुखेको भए माफी पाउन भन्दै नाजिरले अनुरोध गरे । गुरुड पुराणमा अन्य कलाकारहरु पनि भएको तर उनी मुस्लिम भएकै कारण आफुमाथि यस्तो व्यवहार भएको गुनासो छ ।

उनले भने “म दुईवटै समुदायलाई प्रतिनिधित्व गर्छु । म जति मुस्लिम धर्मलाई सम्मान गर्छु त्यती नै हिन्दु धर्मलाई पनि गर्छु” । हुन पनि हो नाजिरले होली , दशै तिहार सबै चाड त्यसको मान्यता अनुसार नै मनाउदै पनि आएका छन् । त्यतीबेलाका उनका तस्बिरहरु पनि भाईरल भएका थिए। सबैले उनको त्यस कामको प्रशंसा गरेका थिए तर केही पक्षले पब्लिसिटी पाउन यस्तो हर्कत गरेको भन्दै कमेण्ट आएकोमा उनले चित्त दुखाए । आफुले ६/  ७ बर्षको हुँदा देखि नै मामाघरमा दशै तिहार मनाउने गरेको तर पब्लिसिटीको आरोप लाग्दा उनको दुखेसो छ । त्यसोत त उनले पनि दशै तिहार मनाउदा मुस्लिम समुदायबाट पनि आपत्ति भने नआएको होईन तर आफनो आमाले सिकाएको संस्कार कहिल्यै नभुल्ने उनी बताउँछन् ।

होस्टल रिर्टन्स खेल्दा पनि टुप्पी पालेको र जनै लगाएको भन्दै आफनो समुदायले कराएको कुरा स्मरण गर्दे उनी सुनाउछन् । उनले यसअघि पनि भनेका थिए “म एउटा कलाकार हु । मेरो कुनै जात धर्म छैन ।

notextमेरो धर्म भनेको कलाकारीता हो र जात भनेकै कलाकार हो” उनले आफुले कुनै पनि नराम्रो काम नगरेको तर नेपाली नागरिक भएकै कारण काम गर्न पाउनु आफनो अधिकार भएको बताएका छन् । नेपाल सबै जातजाती र धर्मका मानिसहरु मिलेर बसेको मुलुक हो तर उनी मुस्लिम समुदायका भएको कारणले नै नाजिरले यस्तो गाली र धम्की खानु पक्कै पनि राम्रो कुरा भने होईन ।

 उनको आगामी रिलिज हुन लागेको फिल्म कागजपत्र हो । जुन फिल्म अष्टे«लिया जान नक्कली बिवाह गर्नेहरुको कथा उठाईएको छ । फिल्म चैत्र ८ मा रिलिज हुँदैछ । त्यस बाहेक विर विक्रम २ पनि उनको रिलिजको तयारीमा रहेको फिल्म हो ।

प्रतिक्रिया