नेपाली सिनेमा क्षेत्रमा कुनै समय मै हुँ भन्ने नायकहरुलाई पनि कडा प्रतिष्पर्धा दिएकी नायिका हुन रेखा थापा । बाठी नायिकाको उपाधीसमेत पाएकी रेखा पछिल्लो पटक मालिका फिल्ममार्फत दर्शकमाझ आईन् । पछिल्लो समय बेटी बचाय बेटी पढाउ अभियान र बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुको हक हितका लागि आवाज उठाएर चर्चामा आएकी रेखा पछिल्लो समय देश काल परिस्थिती अनुसार पनि आफनो अभिव्यक्तिहरु दिदै आएकीछिन् ।

सरकारले हिजोमात्र विप्लवलाई प्रतिबन्ध लगाएकोपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकीछिन् । विप्लवमाथि प्रतिबन्ध लगाएपछि बिरोध गर्दे उनले विप्लवलाई देशभक्तको संज्ञा दिएकीछिन् । राजनितीक जीवनमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध समेत रहेकी रेखाले सरकारले विप्लवलाई प्रतिबन्ध लगाई सिके राउतलाई अंगालेर द्धन्द निम्त्याएको उल्लेख गरेकीछिन् ।
पहिलो ट्वीटमा रेखा लेख्छिन् “सरकारले जनातामाथी जबरजस्ती युद्ध लादन खोजी रहेको छ, जून क़ुरा दुर्भाग्यपूर्ण हुनेछ । आम नेपाली जनताले यो बिषयमा गम्भीरताका साथ सोच्नु पर्ने बेला आयो” । 
दोस्रो ट्वीटमा उनी लेख्छिन् “यो सरकार कसले चलाएको छ ?जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ११ देशभक्त’बिप्लब’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ?प्रतिवाद हूने निश्चित छ” ।