बलिउडका चर्चित नायक गुल्सन ग्रोबर तेस्रो पटक आज नेपाल आईपुगेका छन् । चैत्र १ गतेबाट रिलिज हुन लागिरहेको फिल्म ‘द म्यान फ्रम काठमाण्डु’ को प्रमोसन र प्रिमियरमा सहभागी हुन उनी आज राजधानी आईपुगेका हुन् । उनले बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा सयौं नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे का छन् । जहाँ उनले नेपाल र नेपालीको प्रशंसा गरे । कार्यक्रममा उनले नायिका मनिषा कोइरालासंगको मित्रतालाई स्मरण गर्दे भने ‘तपाईंहरुको देशकी अभिनेत्री मनिषा कोइराला मेरो सबैभन्दा मिल्ने साथी हुन् । उनैसँग म पहिलो पटक नेपाल आएको थिएँ । दोस्रो पटक यही चलचित्रका लागि र यो तेस्रो पटक हो ।’

उनी मनिषाको बिवाहमा सहभागी हुन पहिलो पटक नेपाल आएका थिए । दर्शकहरुले निकै माग गरेपछि उनले आफना बलिउड फिल्मका केही संवादहरु पनि बोलेका थिए । आफुलाई नेपाल औधी मन पर्ने बताउँदै उनी भन्छिन् ‘मलाई नेपालको सबै कुरा मनपर्छ । नेपाली खाना मनपर्छ । नेपालको सुन्दरता मनपर्छ । नेपालको कल्चर मनपर्छ । नेपालीहरु एकदम इमान्दार हुन्छन् । आफुले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म हेरेर प्रतिक्रिया दिन पनि उनले दर्शकमाझ अनुरोध गरे । फिल्मको भोली भव्य प्रिमियर पनि हुदैछ ।

‘द म्यान फ्रम काठमाण्डु’ मा जेरी फेम नायिका आना शर्मा ,अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड कलाकार गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, परमिता राणा ,आमिर गौतम लगायतको अभिनय रहेको छ ।क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका नकिम उद्दिनले निर्माण गरेको यो फिल्म अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको छ । फिल्म रिलिजलाई लिएर निर्माता नखिम उद्दिन निकै खुसी छन् । नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफु उत्साहित रहेको उनी बताउँछन् । फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा उठान गरेको छ । जसलाई पेमा धोन्डुपले निर्देशन गरेका छन् ।