874
Shares
काठमाडौं – भोलि बलिउड अभिनेता गुल्सन ग्रोबर नेपाल आउँदैछन् । गुल्सन चलचित्रको प्रमोशनको लागि बुधबार ११ बजे नेपाल आउन लागेका हुन् ।
चैत १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोशनको लागि नेपाल आउन लागेका चलचित्रका निर्माता नकिम उदिनले जानकारी दिए ।
गुल्सन नेपाल आएको अवसरमा पाटनको दरबार स्क्वायरमा समेत एक विशेष कार्यक्रम आयोजना गरिएको निर्माता उदिनले बताए । बिहीबार साँझ फिल्मको प्रिमियरमा गुल्सन सहभागि हुनेछन् ।
उनी शुक्रबार भारत फर्किने कार्यक्रम रहेको छ ।