२०८३, २४ कार्तिक सोमबार
×

सोनाक्षी सिन्हाको प्रक्राउ पुर्जीमाथि रोक

2473 Shares

बलिउड नायिका सोनाक्षी सिन्हामाथि केही समय अगाडी धोकाधडीको मुद्धा दायर गरिएको थियो । उनले एक कार्यक्रममा आउने भन्दै पारिश्रृमिक लिएको तर अन्तिम समयमा आएर कार्यक्रमा नआएको भन्दै आयोजकले मुद्धा हालेका थिए । सोनाक्षी कार्यक्रममा नआउदा ३७ लाख डुबेपछि आयोजकले आत्महत्याको समेत प्रयास गरेका थिए । आयोजकको आत्महत्याको प्रयासपछि सोनाक्षीबिरुद्ध परेको उजुरीको आधारमा प्रहरी कानुनी प्रक्रिया अगाडी बढाएको थियो ।

noootext

जस अन्तरगत उनी प्रहरी हिरासतमा समेत बस्नु पर्ने देखिएको थियो । तर इलाहबाद हाईकोर्टले सोनाक्षीको प्रक्राउमाथि रोक लगाईदिएको छ । साथै कोर्टले सोनाक्षीबिरुद्धको उजुरीसमेत रद्ध गर्न अदालतले आदेश दिएको छ । अदालतले उक्त घटनाको अनुसन्धानमा भने सोनाक्षीले सहयोग गर्न आदेश भएको छ ।

पछिल्लो समय यही घटनाको कारण आलोचित समेत बनिरहेकी सोनाक्षीलाई अदालतको यो आदेशले राहत मिलेको छ । आयोजकले उजुरी दर्ता गरे पनि प्रहरी कारवाही नगरेको र सोनाक्षीकै कारण आफनो ३७ लाख डुबेको भन्दै आत्महत्याको प्रयास गरेका थिए । जसको कारण प्रहरीले उक्त घटनाको अनुसन्धान अगाडी बढाएको थियो । उता सोनाक्षीले भने उक्त घटनामा आफनो कुनै दोष नभएको बताउदै आएकी थिईन् ।

प्रतिक्रिया