२०८३, २४ कार्तिक सोमबार
×

बलिउड गायिकाको आक्रोस:-“म यो मान्छेलाई देख्नै चाहान्न”

785 Shares

बलिउड नायक सलमान खानसंग दुश्मनी मोल्न सक्ने हिम्मत कमै कलाकारहरुमा देखिन्छ । किनकी ज जस्ले सलमानसंग दुश्मनी मोले तिनीहरु आज पनि सलमानको आँखोको तारो बनिरहेका छन् । त्यसैले पनि सकेसम्म कोही पनि बलिउड कलाकार वा निर्माता निर्देशकहरु उनीसंग दुश्मनी मोल्न खोज्दैनन् । तर यतिबेला बलिउडकी चर्चित गायिका सोना मोहापात्रले भने यस्तै आँट गरेकीछिन् । वास्तवमा सोनाले सलमानसंग निहुँ खोजेकी भने होईनन् तर उनको व्यवहार हेर्दा उनले सलमानलाई रुचाउँदिनन् भन्ने चाही देखिएको छ । सोनाको ट्वीटर एकाउन्टको टाईमलाईनमा बारम्बार सलमानको एड देखाईएपछि उनले आक्रोस व्यक्त गरेकी हुन् ।

notext

उनले ट्वीट गदर्दे लेखेकीछिन् “डियर ट्वीटर म यो व्यक्तिलाई फलो गर्दिन र मेरो अनुरोध छ की आफनो एल्गोरिदमलाई सजग बनाउनुस र मेरो टाईमलाईनमा विज्ञापन ट्वीट नगर्नुस” । उनले सलमानलाई हेर्न नचाहेको आशयसहितको ट्वीटले यतिबेला उनी चर्चामा आएकीछिन् । त्यसोत उनलाई सलमान खान मर्ने पर्देन । उनले यसअघि कालो हरिण केसको मुद्धामा पनि सलमानमाथि कडा प्रहार गरेकी थिईन् । उनले लेखेकी थिईन “के अब उनको सट्टा बुवाले माफी माग्छन् ? के भईरहेको छ इन्डष्ट्रीमा ? कहिले हुन्छ जमानत , कहिले हुन्छ अर्काे ब्लकबस्टर रिलिज ? दंबग कन्सर्टको लागि जमानत ? बिग बोस या फेरी च्यारिटी यात्राका लागि ?”

सोना बलिउडकी एकमात्र यस्ती गायिका हुन जो बेला बेला बिवादमा आउने गर्छिन् । उनले केही समय अगाडीमात्र मिटु अभियानमा बोल्दै अनु मलिकमाथि अश्लिल कमेण्ट गरेको भन्दै यौन र्दुव्यवहारको आरोप लगाएकी थिईन् । जसको कारण पनि अनु मलिकले इन्डियन आईडियलबाट हात धुनु परेको थियो ।

प्रतिक्रिया