२०८३, २४ कार्तिक सोमबार
×

‘क्याप्टेन’ युट्युवमा लिक , निर्माण टिम तनावमा

4564 Shares

करोडौ खर्च गरेर निर्माण गरिएको फिल्म जसमा एउटा पुरा टिमको मेहनत हुन्छ त्यो फिल्म रिलिजको केही दिनमा नै पाईरेसी हुनु आफैमा दुखत कुरा हो । नेपालमा समेत नयाँ फिल्महरु पाईरेसीको चपेटामा पर्दे आएको छ । यसबीचमा फागुन १७ गतेबाट रिलिजमा आएको फिल्म क्याप्टेन पनि पाईरेसीको चपेटामा परेको छ । प्रेम किंग चान नामक युट्युब च्यानलमा हलमा फिल्म हेर्दै गर्दा मोबाइलबाट खिचिएको पुरा फिल्म नै राखिएको छ । युट्युवमा लिक भएपछि सो फिल्म ५० हजारले हेरिसकेका छन् । तथापी अहिले भने सो फिल्म हटाईएको छ ।

बलियो कानुन नहुँदा फस्टाईरहेको अनलाइन पाइरेसीको मारमा क्याप्टेन फिल्म पनि परेको छ । यसरी हलमा राम्रोसंग चलिरहेको फिल्म लिक हुदा निर्मातालाई ठुलो घाटा पर्ने अवस्था हुने गर्छ । फिल्म लिक भएपछि निर्माण टिम तनावमा परेको छ । फिल्म पाइरेसी हुँदा यसले फिल्मको अन्तराष्ट्रिय रिलिजलाई ठुलो असर पर्ने हुन्छ । अब हेरौँ फिल्म पाईरेसी बिरुद्ध निर्माण टिमले कस्तो एक्सन लिन्छ ।

त्यसोत पाईरेसीको शिकार भएको क्याप्टेन पहिलो फिल्म भने होईन यसअघि बाटो मुनिको फूल ,छड्के ,ड्रिम्स ,छक्का पञ्जा लगायतका फिल्महरु पाईरेसीको शिकार बनिसकेको छ । यसअघि छक्का पञ्जाको पाईरेसी गर्ने व्यक्ति कृष्ण सुवेदीले त आत्महत्या नै गरेका थिए । भुवन केसीको निर्माण तथा दिवाकर भट्टराईले निर्देशन गरेको क्याप्टेनलाई दर्शकहरुले राम्रो साथ दिईरहेका छन् । फुटबलरको कथा बुनेको यस फिल्ममा अनमोल केसी ,उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया