२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

विश्वकपको प्रिक्वार्टरफाइनलमा को कहिले कोसंग भिड्ने

1064 Shares

काठमाडौं । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा भिड्ने टोलीहरुको समीकरण पूरा भएको छ ।

बिहिबार राति प्रिक्वार्टरफाइनलमा पुग्ने १६ टिमकै टुंगो लागेको हो ।

यस्तो छ टिम र खेलहरु –
जुन ३० तारिख (असार १६ गते) फ्रान्स र अर्जेन्टिना तथा उरुग्वे र पोर्चुगल खेल्ने छन् ।

जुलाई १ तारिख (असार १७ गते) स्पेन र रसिया तथा क्रोएसिया र डेनमार्क भिड्ने छन् ।

जुलाई २ तारिख (असार १८ गते) बेल्जियम र जापान तथा ब्राजिल र मेक्सिको भिड्ने छन् ।

र जुलाई ३ तारिख (असार १९ गते) स्वीडेन र स्वीट्जरल्याण्ड तथा कोलम्बिया र इंगल्याण्ड भिड्ने छन् ।

को को हुन् समूहका विजेता र उपविजेता ? 
समूह ए बाट उरुग्वे समूह विजेता र रसिया समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।
समूह बीबाट स्पेन समूह विजेता र पोर्चुगल समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

समूह सीबाट फ्रान्स समूह विजेता र डेनमार्क समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

समूह डीबाट क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

समूह ईबाट ब्राजिल समूह विजेता र स्वीट्जरल्याण्ड समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

समूह एफबाट स्वीडेन समूह विजेता र मेक्सिको समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

त्यस्तै समूह जीबाट बेल्जियम समूह विजेता र इंगल्याण्ड समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको हो ।

प्रतिक्रिया