२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

ड्रग्सदेखि युवतीसम्म, ‘संजू’ हर्नु पर्ने यी हुन् पाँच कारण

1966 Shares
Spread the love

एजेन्सी। रणबीर कपुरले ‘संजू’ मा संजय दत्तको भूमिका निभाउनकालागि आफ्नो चालचलन र वेशभुषामाथि काम गर्नुका साथै आफ्नो वजनमाथि पनि नियन्त्रण राखे। ‘संजू’ का लागि रणबीरले पहिला दश किलो वजन घटाउनु पर्यो भने पछि फेरि संजय दत्तसँग जोडिएको उनको अर्को दृष्यकालागि  १५ किलो वजन बढाउनुपर्यो।

 

 

त्यसो त संजय दत्तको जीवन विवादले घेरिएको छ। संजय जीवनसँग जोडिएका कयौं अविश्वसनीय पल अहिलेसम्म सार्वजनिक भएको छैन। जसलाई फिल्ममा देखाइँदै छ। राजकुमार हिरानीको फिल्म ‘संजू’ मा संजय दत्तको जीवनसँग जोडिएका कयौं पल जस्तै ड्रग्सदेखि आन्तरिक संघर्षलाई बाहिर ल्याउने दाबी गरिएको छ।

 

 

संजय दत्तका बुवा सुनील दत्तको जीवनमा ठूलो अपसोच थियो की आफ्ना छोरा पक्राउ पर्नु। उनको भित्री इच्छा के थियो भने संजय दत्तलाई स्वतन्त्र व्यक्तिको रुपमा देख्न सकियोस्। संजय दत्तमाथि लागको आरोपपछि संजय दत्तको आफ्नो बुवासँगको सम्बन्ध राम्रो पनि थिएन।

 

 

केही दिन अगाडि संजय राजकुमार हिरानीले ‘संजू’ का विषयमा गोप्य कुरा शेयर गरेका थिए। यो सिक्रेट संजू बाबाको ३०८ महिलासँग सम्बन्ध रहेको थियो। एक अन्तर्वातामा राजकुमार हिरानीले संजय दत्तले प्रत्येक युवतीलाई सजिलै प्रभावमा पार्न सक्ने क्षमता भएको बताएका थिए।
सिनेमाको पर्दामा संजय दत्तको यस्ता कयौं कहानी यो फिल्मका हेर्न पाइने छन्।

प्रतिक्रिया