२०८०, १४ फाल्गुन सोमबार
×

ट्रेन्डिङ

रिलिजको केही घण्टा अगाडि ‘संजू’लाई झट्का, सेन्सर बोर्डले काटिदियो विशेष दृश्य

1701 Shares

एजेन्सी। राजकुमार हिरानीको फिल्म ‘संजू’ भोलि रिलिज हुँदैछ । यसअघि भएको फिल्मको स्क्रिनिङमा बलिउड दिग्गजहरुले यो फिल्मको निकै प्रशंशा गरेका थिए । फिल्म क्रिटिक्सका अनुसार यो फिल्म २०१८ को सबैभन्दा ठूलो ओपनर हुनेछ । यद्यपि रिलिजको केही घण्टा बाँकी रहँदा फिल्मलाई ठूलो झट्का लागेको छ ।

फिल्मको एक विशेष महत्वको दृश्य काटिएको छ । फिल्मलाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड सिबीएफसीले हेरेपछि एक दृश्य हटाउन निर्देशन दिएको हो । फिल्मको ट्रेलरमा एउटा दृश्य देखाइएको छ जसमा संजय दत्त जेलमा छन् । त्यही बेला रातको समयमा ट्वाइलेट ओभरफ्लो हुन थाल्छ । संजयले त्यतिबेला जेलको ढोका ढकढक्याउँदै बाहिर निकाल्न भन्छन् तर सहयोगको लागि कोही आउँदैन ।

सीबीएफसीले यो दृश्य काट्न भनेको छ । सेन्सर बोर्डका अनुसार फिल्ममा हिरोको असहाय स्थिति देखाउने बाहेक यो दृश्यको अरु कुनै महत्व छैन । कलाकारी दृष्टिले यो दृश्य ठिक छैन । फिल्मका निर्माता पनि यो कुरामा सहमत थिए । केही दिनअघि सामाजिक अभियन्ता पृथ्वी मास्कले पनि यो दृश्य हटाउन सिबीएफसीलाई पत्र लेखेका थिए ।

प्रतिक्रिया