बलिउडमा एक्सनमा निकै जमेका र रुचाईएका नायक हुन् । खतरनाक स्टन्ड समेत गर्ने गरेका अक्षय यतिबेला पुलवामामा भएको आक्रमणपछि निकै आलोचनामा आए । उनले ५ करोड भन्दा बढि रकम शहिद परिवारलाई दिने घोषणा गरे तथापी मानिसहरुले उनलाई झुठो देशभक्ती देखाएको भन्दै आलोचना गरे । यस्तै आलोचनाकाबीच अक्षयले एउटा यस्तो काम गरे जसलाई गर्न ग्लामर क्षेत्रमा रहेका कलाकारहरुले दश पटक सोच्ने गर्लान् । खतरनाक स्टन्डमा माहिर अक्षयले पुरै शरीरमा आगो लगाएर र्याम्प वाक गरेका छन् ।

अमेजोन प्राइम भिडियोले आयोजना गरेको उक्त कार्यक्रममा अक्षयले आफनो पुरै शरीरमा आगो लगाएर र्याम्प वाक गरेका हुन् । उनले जब र्याम्प वाक गरेका गरिरहका थिए त्यतीबेला उनको शरीरमा दनदनी आगो बलिरहेका थिए ।

तथापी उनले कुनै डरबिना निर्धक्कसंग र्याम्प वाक गरेका गरेका थिए । यतिबेला अक्षयको ती तस्बिरहरु सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेका छन् ।हुनत आगो लगाउनु भन्दा अघि शरीरमा बिषेश किसिमको केमिकल लगाईन्छ ।

तर पनि यस्तो र्याम्प वाक गरेका गर्नु कुनै पनि कलाकारहरुका लागि सानो कुरा होईन । किनकी जति नै सावधानी अपनाए पनि कहिलेकाही दुर्घटना निम्तिन सक्छ र पुरा करियर नै बर्वाद पनि हुन सक्छ तर अक्षयले भने यो खतरनाक र्याम्प वाक गरेका पुरा गरेर छाडे ।
केही समय आलोचनामा घेरिएका अक्षय यो र्याम्प वाक गरेकाको कारण पुन चर्चामा आएका छन् ।