२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

अमेरिकामा मिडियामाथि आक्रमण, कम्तीमा पाँच जनाको मृत्यु

5193 Shares

 

                                                                तस्वीर – एजेन्सी

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा रहेको एक समाचारपत्रको कार्यालयमा आक्रमण भएको छ । हतियारधारीहरुले गरेको आक्रमणमा परी पाँच जना मानिसहरुको ज्यान गएको छ ।

प्रहरीले यो आक्रमण सुनियोजित रहेको बताएको छ । कार्यालयको सिसाबाट भित्र लक्षित गरी गोली प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ । यो आक्रमणमा दोषी रहेको हुनसक्ने आशंकामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सन् २०१२ मा उक्त समाचारपत्रको बदनाम गराउन उनले भूमिका खेलेको भन्दै मुद्दा लगाइएको थियो ।

प्रहरीले यो आक्रमणको उद्देश्य के हो भन्ने खुलाएको छैन । प्रहरीले अहिले प्रहरी हिरासतमा रहेका करिब ३५ देखि चार वर्षको हाराहारीको व्यक्तिमाथि सोधपुछ गरिरहेको बताएको छ । यसअघि हिंसा हुनसक्ने धम्की सामाजिक सञ्जालमार्फत् दिइएको थियो ।

कार्यालयमा प्रवेश गर्दै उनीहरुले तल्लो तलामा रहेका मानिसहरुमाथि आक्रमण सुरु गरेको प्रहरीको भनाइ छ । यस किसिमको आक्रमणको सूचना पाएको एक मिनेटभित्र प्रहरी कार्यालयमा पुगेको थियो तर कार्यालय पुग्दासम्म पाँच जनाको ज्यान गइसकेको थियो । आक्रमणमा परी ज्यान गुमाउनेहरुमा रिपोर्टर, व्यापार सहयोगी, सम्पादक, सम्पादकीय लेखकलगायतका सञ्चारकर्मीहरु रहेको बताइएको छ ।

आक्रमणपछि एक सय ७० भन्दा बढी मानिसहरुलाई त्यो भवनबाट सुरक्षित निकालिएको थियो ।

A newspaper stand selling the Capital Gazette is pictured in Annapolis, Maryland, on June 28, 2018.

Map shows the Annapolis area where a shooting took place at the offices of the Capital Gazette

प्रतिक्रिया