२०८३, २४ कार्तिक सोमबार
×

नम्रता श्रेष्ठ भनेपछि भुतुक्क हुन्छन् अनमोल केसी

4447 Shares

अहिलेका लोकप्रिय नायक अनमोल केसी भनेपछि भुतुक्क हुने युवतीहरु निकै छन् । तर उनै अनमोल भने नायिका नम्रता श्रेष्ठ भनेपछि भुतुक्क हुन्छन् । त्यसोत उनले धेरै पहिलेदेखि नै नम्रता श्रेष्ठ आफुलाई निकै मन पर्ने उमेरले मिल्ने भए बिवाह गर्न समेत तयार रहेको अभिव्यक्ति दिएका अनमोल र नम्रताको मित्रता भने क्याप्टेन हेरेपछि खुलेको छ । क्याप्टेन हेर्न हल पुगेकी नम्रताले आफु अनमोलको राम्रो साथी भएको बताईन् । त्यतीमात्र होईन उनले क्याप्टेनमा अनमोलको काम निकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् । उनले भनिन् “अनमोलले एकदम मेहनत गरेको छ । ‘कृ’ मा जसरी बड्डी बनाएको थियो र यसमा जति मेहनत गर्नुपर्ने थियो त्यो उसले गरेको छ ।

notext

फिल्म हेर्दा उसको मेहनत देखिन्छ । उसलाई साँच्चिकै फुटबल खेलाडी लाग्छ” । नम्रताले अनमोलको प्रशंसा गरिरहदा अनमोल भने दंग थिए । अनमोलले नम्रताबाट आफूले हरेक कुराको आइडिया लिने गरेको पनि बताए । अनमोलले लामो समयदेखि नम्रतासंग फिल्म खेल्न चाहेको बताउदै आएका थिए यसबारेमा बोल्दै नम्रताले भनिन् केही फिल्ममा कुरा नभएको होइन । दुबैलाई चित्तबुझ्ने भूमिका आयो भने अवश्य काम गर्छौं ।के ‘मेरो एउटा साथी छ २’ मा जोडी बाँधिने सम्भावना छ ?  पत्रकारको प्रश्नमा नम्रता भन्छिन् “त्यो त निर्देशक दिनेश राउतलाई नै सोध्नुस्” ।

उता अनमोल भने फिल्मको अफर आए र त्यसमा नम्रता भए सिधै ओके भन्ने बताए । उनले भने “नम्रता दिदी हुनुहुन्छ भने म आँखा चिम्लिएर काम गर्न तयार छु” । अब हेरौ नम्रताको नायक बन्ने अनमोलको चाह कस्ले पुरा गर्ला ?अनमोलको फिल्म क्याप्टेनले यतिबेला राम्रो साथ पाईरहेको छ । सिनेकर्मीहरुले समेत फिल्मको प्रशंसा गरेका छन् । केही प्राविधीक कमजोरीहरु भएपनि नेपालमा यस लेभलको फिल्महरु बन्नु सकरात्मक र उपलब्धी नै भएको उनीहरुको भनाईछ । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् ।

प्रतिक्रिया