लिलिबिलीपछि दर्शकहरुले लोकप्रिय नायक प्रदिप खड्काको धमाकेदार फिल्मको प्रतिक्षा गरिरहेका छन् । पछिल्लो पटक रिलिज भएको फिल्म रोजले दर्शकहरुको त्यो अभिलाषा पुरा नगरेपछि यतिबेला सबैको ध्यान लभ स्टेशनमा रहेको छ । एकातिर प्रदिपको फिल्म अर्काेतिर लिलिबिलीमा निकै रुचाईएको जोडी जसिता गुरुङ पनि फिल्ममा भएकोले यसको चर्चा निकै छ । लिलिबिलीका निर्देशक गोविन्द शाही र प्रदिपले संयुक्तरुपमा निर्माण गरेको फिल्म लभ स्टेशनको आज ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रदिप जसिताको मित्रता , प्रेम र बिछोडको कुरालाई समाबेश गरेको छ । लिलिबिली हेरिसकेकालाई प्रदिप र जसिताको केमेष्ट्री गजबै लाग्छ भने नहेरेकाले त झनै लाग्छ ।

पारिवारिक प्रेम कथामा बनेको फिल्मको ट्रेलर राम्रो बनेको छ । तर फिल्म कस्तो छ त्यो भने प्रतिक्षा गर्ने पर्छ । फिल्ममा रमेश बुढाथोकी , सिरु विष्ट , रबि डंगोल , प्रिया रिजाल ,प्रकाश शाह ,कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका छन् । व्याक टु व्याक हिट फिल्म दिईरहेका प्रदिपको रोज असफल भएपछि लभ स्टेशन उनको करियरकै लागि महत्वपुर्ण माएिको छ । फिल्म चैत्र २२ बाट अल नेपाल रिलिज हुँदैछ ।