२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

अभिनेत्री साम्राज्ञी र चर्चित ब्लगर धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ टीजर रिलिज

2523 Shares
Spread the love

एक दशक लामो कोरियोग्राफीको अनुभवलाई ‘सर्टिफिकेट’ मान्दै निर्देशनमा होमिएकी रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को अफिसियल टिजर हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ।

यो चलचित्रमा नायिका साम्रागी राज्य लक्ष्मी शाह अनि नव नायक धिरज मगरको प्रेम सम्बन्ध देख्न सकिन्छ। धिरज मगर एक चर्चित ब्लगर हुन् जसले यस फिल्मबाट नेपाली चलभित्र क्षेत्रमा डेब्यु गरेका छन्।

त्यस्तै निर्देशकको रुपमा कोरियोग्राफर रेनिशाले डेब्यिु गरेकी छिन् । चलचित्रको अधिकांश सुटिङ् लण्डन र नेपालमा गरिएको छ। लण्डनका विभिन्न रमणीय स्थानहरुमा खिचिएको फिल्मको टीजरमा मेकिङ क्वालिटी उच्च देखिएको छ ।

टीजरमा दुवैले एकअर्काको तारिफ गरेर थाकेका छैनन् । चलचित्र अशोज ५ मा रिलिज हुँदैछ। यसलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह(निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रतिक्रिया