२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

यसरी खस्यो काठमाडौंमा बस खोलामा (भिडियोसहित)

1807 Shares

काठमाडौं । काठमाडौंको लामबगरमा शुक्रबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।

धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान करिब ७ः४५ बजे दुर्घटना भएकाे हाे ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनाका घाइते १५ मध्ये १२ को ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र ३ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ । टिचिङमा उपचाररत १ जनाको अवस्था गम्भीर छ ।

बस खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

 

प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ  | (भिडियो नवराज रिमालको फेसबुकबाट)

प्रतिक्रिया