२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

आज कोलम्बिया, सेनेगल र जापानमध्ये जुनै टोलीपनि बाहिरिन सक्ने

2313 Shares

काठमाडौं । आज विश्वकप फुटबल प्रतियोगितामा कोलम्बिया र सेनेगल तथा जापान र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । ग्रुप एचका दुई खेलहरु आज राति पौने ८ बजे रुसमा स्ुरु हुनेछ ।

ग्रुप एचमा २ खेल सम्पन्न भईसक्दा जापान र सेनेगलको समान ४–४ अंक छ । ३ अंक भएको कोलम्बिया तेस्रो स्थानमा छ भने शुन्य अंक भएको पोल्याण्ड अन्तिम स्थानमा छ ।

अंक तालिकालाई हेर्दा आजको प्रतिस्पर्धा जापान, सेनेगल र पोल्याण्डबीचको हो । आज यिनै ३ टोलीबाट विजेता, उपविजेता छनौट हुनेछन् । यस ग्रुपमा तीनै देशको समुह विजेता र उपविजेता बन्ने संभावना छभने यिनै टोलीमध्ये जुनै टोलीपनि ग्रुप स्टेजबाटै बाहिरिन सक्छन् ।

आज कोलम्बिया र सेनेगल तथा जापान र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । ४ अंक भएको सेनेगलले कोलम्बियालाई पराजत गरे सेनेगल नकआउट चरणमा प्रवेश गर्नेछ । यस्तै ४ अंकनै भएको जापानले पोल्याण्डलाई पराजित गरे जापान नकाआउट चरणमा पुग्नेछ ।

तर यदि कोलम्बियाले सेनेगललाई पराजित गरेमा सेनेगल घर फर्कनेछ । अर्को खेलमा पोल्याण्डले जापानलाई पराजितगर्दा यदि सेनेगल र कोलम्बियाले बराबरी खेलेपनि जापान प्रतियोगिताबाट नकआउट हुने संभावना प्रवल छ ।

जटिल समिकरण बनेको यस प्रतियोगितामा आज सेनेगल, जापान र पोल्याण्ड जितका लागि मैदान उत्रनेछन् । यदि हारेको खण्डमा यिनै टोलीमध्य एक टोली घर फर्कने छ ।

प्रतिक्रिया