फागुन १० – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमा असमाजिक बन्दै गएकोले सरकारले त्यसमा नियमन र व्यवस्थित गर्न लागेको बताएका छन् । प्रतिनिधिमा सभामा शुक्रबार भएको सूचना प्रविधिसम्बन्धी विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् । छलफलको क्रममा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री बास्कोटाले फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा अश्लील र आपत्तीजनक कुराहरू राख्न काममा सरकारले रोक लगाउन लागेको बताएका हुन् । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नेपालमा कम्पनी दर्ता हुनु पर्ने बताउँदै उनले त्यसो भए पोस्ट हुने अश्लील र आपत्तीजनक कुरामा उजुरी गर्न सरकारलाई सजिलो हुने बताए ।
उनले सामाजिक सञ्जालको नाममा मर्यादा नाध्न नहुने भन्दै यसमा कडाई गर्न लागिएको भए पनि सामाजिक सञ्जाल नै बन्द भने गर्न नलागेको स्पष्ट पारे । उनले भने “भारत जर्मनी लगायतका देशमा कुनै आपत्तीजनक कुरा सामाजिक सञ्जालमा राखेको पाईएमा ४ घन्टाभित्र हटाउनु पर्छ। हाम्रोमा बदला लिनका लागि मान्छेहरूले असत्य कुरा पोष्ट गरिरहेका छन्। त्यो हटाउ भनेर हामीले कसलाई कहाँ उजुरी गर्नेरु’ सैले फेसबुक, ट्वीटरलाई नेपालमा कम्पनी दर्ता गर भनेको हो। प्रयोगकर्ता दर्ता हुनुपर्छ भनिएको होइन।”
सामाजिक सञ्जालकै कारण अर्बाे रकम बाहिरिरहेको भन्दै दर्ता हुनु पर्ने उनको ठहर छ । कम्पनी दर्ता भए प्रयोगकर्तामाथि पनि निगरानी राखेर सरकारले आपत्तीजनक कुराहरु हटाउन लगाउने बताए । जनताको स्वतन्त्रतालाई नै मध्यनजर गर्दे ब्लगमा भने कुनै कडाई नहुने उनको भनाई छ । तर स्वतन्त्रताको नाममा सामाजिक सञ्जालमाफर्त भईरहेका आपत्तीजनक कुराहरुमा कडाई हुनु पर्ने उनको भनाईछ । उनले भने “आलोचकलाई दण्डित गरिँदैन तर कुनै पशुको ज्यानमा कुनै चिनिएको मान्छेको टाउको राखेर अपमान गर्ने सस्कार र संस्कृतीलाई छुट नदिने नै हो । यसमा चित्त दुखे पनि के हुन्छ “। सामाजिक सञ्जाल सम्बन्धी विधेयक कसैप्रति पूर्वाग्राही साध्न नभई सामाजिक सञ्जाललाई व्यवस्थित गर्न ल्याउन लागिएको मन्त्री बास्कोटा बताउँछन् ।