२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

भालुवाङमा निर्वस्त्र पारी महिला कुटपिट गर्नेलाई ६ महिना कैद (भिडियाे सहित)

3411 Shares

दाङ । सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका-९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका-१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई बुधबार उक्त सजायको फैसला गरेका हुन् ।

जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको श्रेष्ठले जानकारी दिए । गुप्ताद्वयले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको भन्दै पुनलाई गत जेठ २५ गते भालुबाङमा कपडा च्यात्दै कुटपिट गरेका थिए । घटना भएको दिन प्रहरीले सामान्य झैझगडा भन्दै मिलापत्र गराई छोडे पनि अपमानजनक तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले गु्प्ताद्वयलाई जेठ २७ गते पक्राउ गरेको थियो ।

यो फैसलाले सार्वजनिक स्थलमा महिलामाथि हुने हिंसा निरुत्साहित गर्ने विश्वास लिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । समाजमा कानून हातमा लिएर कुटपिट गर्ने, हिंसा गर्ने जस्ता घटना बढिरहेको बेला पीडितलाई न्यायको अनुभूति गराउन र थप घटना हुन नदिन सजायको आदेश गरेको उनले बताए ।

प्रतिक्रिया