२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पानी जहाज कार्यलयको आयो यस्तो विज्ञप्ति “कर्मचारी हेर्न एकान्तकुना आउनुस”

2234 Shares
Spread the love

फागुन ७- आजमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २ मा स्थापना गरेको पानी जहाज कार्यलयमा कर्मचारी नै नरहेको र कार्यलय सञ्चालनमा आएको भोली पल्टदेखि नै बन्द भएको समाचारहरु प्रकासनमा आए । ती समाचारहरु भाइरल भएलगत्तै सोही कार्यलयले गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । आज कार्यलयका निमिक्त रजिष्टार अमृतमणि रिमालले एक विज्ञप्ति जारी गर्दे कार्यलयमा कर्मचारी नभएको र कार्यलय नै बन्द भएको भन्दै आएका समाचारहरु भ्रामक भएको जनाएका छन् ।

notext

उनका अनुसार फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले कार्यलयमा विधिवत रुपमा काम गर्दै आएको र अन्य कुरा जान्नको लागि एकान्तकुनास्थित कार्यलयमा नै आउन विज्ञप्तिमा उल्लेख गरेका छन् । तर उक्त दिन र भोलिपल्ट जाँदा कार्यलयमा कर्मचारीको व्यवस्था गरिएको नदेखिएपछि विभिन्न सञ्चारमाध्यमहरुले पानी जहाज कार्यलयमा कर्मचारी नभएको भन्दै समाचार आएपछि पानी जहाज कार्यलयमा कर्मचारीहरु रहेको भन्दै कार्यलयले  विज्ञप्ति निकालिएको हो ।

प्रतिक्रिया