२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

नागरिक अधिकार सुरक्षित गर्न विरोध प्रदर्शनमा रोक : गृहमन्त्री थापा

1284 Shares
Spread the love

काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले सरकारले नागरिकको अधिकारलाई सुरक्षित गर्न काठमाडौंलगायत देशका विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाउनु परेको तर्क गरेका छन्।

गृहमन्त्री थापाले विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सरकारले काठमाडौंको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्न रोक लगाइएको बताएका हुन्। काठमाडाैमा विरोध प्रर्दशनका लागि निषेधित गरेको स्थानलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका भातृ संगठनहरुले सरकारको चर्को आलोचना गरिरहेका बेला उनले नागरिकको जीउ, धनको सुरक्षाको लागि पनि यसो गर्नु परेको तर्क गरेका हुन्।

गृहमन्त्री थापाले सवारी आवागमनका कारण हुने दुर्घटनाबाट बचाउन काठमाडौंको माइतीघर मण्डलालाई विरोध प्रर्दशन गर्न निषेध गरिएको दाबी गरे। बिहीबार गृह मन्त्रालयमा संचारकर्मीमाझ उनले सरकारले नागरिकको अधिकार हनन् हुन नदिने गरी विरोध प्रर्दशनका लागि स्थान तोकिदिएको जिकिर गरे।

गृहमन्त्री थापाले कुनै स्थानमै विरोध प्रर्दशन गर्न पाउनुपर्ने हठवादी सोच नराख्न पनि सम्बन्धित पक्षलाई सचेत गराए। नागरिकको अधिकारलाई सुरक्षित गर्न सरकारले स्थान तोकैरै विरोध प्रर्दशन गर्ने अधिकार सुरक्षित गरी दिएको गृहमन्त्री थापाको भनाइ छ। उनले सरकार नागरिकको अधिकार हनन् हुन नदिन दृढ रहेको बताए।

प्रतिक्रिया