फागुन ६ -प्रदेश ३ का एकमात्र प्रत्यक्ष निर्वाचित नयाँ शक्ति पार्टीका सांसद प्रेम तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका सांसद तामाङ नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । उनलाई पार्टी प्रवेश गराउनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा फागुन १३ गते रसुवा जान लागेको कांग्रेस नेता गगन थापाले बताएका छन् ।

तामाङ कांग्रेसमा प्रबेश गर्न लागेको बताईए पनि पार्टीले आफनो आधिकारीक धारणा भने सार्वजनिक गरेको छैन । उनी के कारणले पार्टी प्रवेश गर्न लागेका हुन भन्ने कुनै कुरा बाहिर आउन सकेको छैन् । प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तामाङ र कांग्रेसका प्रभात लामा बिजयी भएका थिए ।
तामाङ ७ हजार ४० मत प्राप्त गरी विजयी भएका थिए । निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद गोतामेले ५ हजार ६ सय ९२ मत प्राप्त गरेका थिए ।रसुवाका लोकप्रिय नेता समेत रहेका तामाङ कांग्रेसमा प्रबेश गर्न लागेको खबरको यतिबेला निकै चर्चा भईरहेको छ ।