२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

तीनै तहका सरकारलाई कांग्रेसले दियो कडा चेतावनी

2057 Shares
Spread the love

माघ २८- नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।

notext

वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।प्रदेश नं २ का मुख्यमन्त्रीले गत माघ १६ गते सोही जग्गाको १० विगाहमा शहिद पार्क बनाउने भनी शिलन्यास गरेका थिए ।

तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले ०६० साल कार्तिक २७ गते नै उक्त जग्गामा बीपी उद्यान बनाउने भनी शिलान्यास गर्नुभएको थियो । ०६० पुस २४ गते जारी धनिपुर्जामा ‘मन्त्रीपरिषद्को ०६०÷७÷२७ को निर्णयबमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यानवाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ ।

notext

‘प्रदेश सरकारका मुख्यमन्त्रीले शिलान्यास गरेको विषय केन्द्रिय सरकारलाई जानकारी नहुने भन्ने हुँदैन’ काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो– यो जग्गा जे प्रयोजनका लागि खरिद गरिएको त्यहि बन्नुपर्छ ।’ काग्रेस केन्द्रीय समितिले उक्त निर्णय कायम राखी यथाशिघ्र उद्यान बनाउन माग गरेको छ । नेपालसमाचार पत्रमा खबर छ ।

प्रतिक्रिया