नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएला प्रकरणमा विज्ञप्ती जारी गर्दा शव्द नचिप्लिएको जिकिर गर्नुभएको छ । पार्टीको निति अनुसार नै विज्ञप्ती जारी भएकाले यसमा धेरै बहस आवश्यक नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेपाल प्रेस संगठनले विहिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आफ्नो विज्ञप्तीको खण्डन भएजस्तो नलागेको उल्लेख गर्नुभयो ।

पार्टी सचिवालय र परराष्ट्र मन्त्रालयको आशय समेत आफ्नो विज्ञप्तीसँग मेल खाएकाले कस्ले के भन्छ भन्ने कुराको कुनै अर्थ नरहने प्रचण्डको भनाई छ । पछिल्लो समय सरकार र नेकपा कुटनितीक मामिलामा चुकेको हो ? भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष प्रचण्डले केििह समस्या भएपनि संबन्ध भने यथा अवस्थामै रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघका प्रतिनिधी नेपालस्थित केहि राजदुतले आँफ्नो मर्यादा समेत बिर्सेर संक्रमणकालिन न्यायबारे बिज्ञप्ति जारी गर्नु गलत रहेको प्रचण्डको तर्क छ । नेपालको शान्ति प्रकृयामा कुनै समस्या नरहेको स्पष्ट पार्दै प्रचण्डले बाँकी काम अघि बढाउन सबै सहमत रहेको बताउनुभयो । बाहिर जतिसुकै हल्ला भएपनि संक्रमणकालिन न्याय निरुपणमा सत्ता र प्रतिपक्षको धारणा एउटै रहेको उहाँको दाबि थियो ।
पार्टी एकताको बाँकी कामबारे राखिएका जिज्ञाँसामा पूर्बप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यो बर्षभित्र संपूर्ण काम सकिने उद्घोष गर्नुभएकोृ छ । कार्यदलले आजभोलिमै सम्पूर्ण प्रतिबेदन सचिवालयमा बुझाएपछि एकता संबन्धि अन्यौलता हट्ने बिश्वास प्रचण्डले ब्यक्त गर्नूभयो । सरकारले बिकाश निर्माणमा गति पक्रिँदै गएको उल्लेख गर्दै उहाँले त्यसले केहि महिनापछि तिब्रता पाउने दाबि गर्नुभयो ।
चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहनु भएका प्रचण्डले आँफ्नो निर्वाचन क्षेत्रलाई मात्र भारी बजेट छुट्याएको भन्ने आरोपको खण्डन गर्नुभयो । जहाँ जे आवश्यक छ त्यसका लागि नै योजना र बजेट आएको उहाँको प्रष्टोक्ति थियो ।