२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

धादिङको पहिरो : पाँच जनाको मृत्यु,७ घर पुरिए

1387 Shares

धादिङ । धादिङको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा गएराति पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने सात घर पहिरोले पुरिएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया वसोधा, १० बर्षीया छोरी लक्ष्मी र ५ बर्षीया सरस्वतीको मृत्यु भएको छ ।

उनीहरुको शव आज विहान पहिरोबाट निकालिएको छ, यता वेपत्ता भनिएका शम्शेर घले र कोप्ची घले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिनुभयो । पहिरोले पुरिएको अवस्थामा फेला परेका उनीहरु श्रीमान श्रीमती रहेको प्रहरी उपरीक्षक बिकले बताए ।

पहिरोबाट एकजनालाई घाइते अवस्थामा गाउँवासीले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको छ । यसैगरी, नेत्रावती, डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ ।

प्रतिक्रिया