काठमाडौं । नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली काँग्रेसको पुरानो विद्यार्थी संघठन नेपाल विद्यार्थी संघको भविश्य अन्योलमा छ । लामो समय वर्तमान कार्य समितिले महाधिवेशन गराउन नसकेपछि वर्तमान नेविसंघको वैधानिकता सकिएकाले माउ पार्टी काँग्रेसले त्यसबारे निर्णय गर्न बुधबार केन्द्रीय समितिको बैठक बोलायो ।

नेविसंघको विषयले केन्द्रीय समितिमा प्रवेश पाएसँगै काँग्रेस नेताहरुको समिकरण पनि परिवर्तन भएको छ ।
शेरबहादुर देउवासँग सभापतिमा पराजित रामचन्द्र पौडल देउवा निकट पुगेका छन् भने देउवालाई सभापति बनाउन सहयोग गरेका अर्का सभापतिका उम्मेदवार कृष्ण सिटौला टाढिएका छन् ।
बिहीबार पौडेल पक्ष सभापतिको लाइनमा उभिएपछि नैनसिंह महर नेतृत्वको वर्तमान नेविसंघ केन्द्रीय कार्य समिति विघटन हुने लगभग निश्चित भएको छ ।
पार्टी उपसभापति विमलेन्द्र निधिले बुधबार पार्टी बैठकमा नेविसंघको वर्तमान समिति विघटन र्ग प्रस्ताव राखेका छन् । उनको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमति जनाएका छन् भने कृष्ण प्रसाद सिटौलाले विमति जनाएका छन् ।
वर्तमान नेविसंघमा देउवा पक्षीय नैनसिंह महर अध्यक्ष छन् भने सिटौला पक्षीय कुन्दन काफ्ले महामन्त्री छन् । यस्तै पौडेल पक्षका उर्मिला थपलिया लगायतका उपाध्यक्षहरु छन् ।
वर्तमान समिति विघटनपछि बन्ने तदर्थ समितिमा सिटैला पक्षले महामन्त्री जस्तो महत्वपूर्ण पद पाउने सम्भावना नरहेकाले उनी वर्तमान कार्य समितिको म्याद थप्नुपर्ने पक्षमा रहेका हुन् । तर, सभापति देउवा र नेता पौडलको लाइन मिलेकाले वर्तमान समिति भंग हुने एक केन्द्रीय सदस्यले डिसी नेपाललाई बताए । उनले पार्टीको आगामी बैठकले यो विषयमा निर्णय लिने बताए ।
परम्परागत रुपमा सभापति देउवा विरुद्ध खनिँदै आएका पौडेल एकाएक सभापति निकट भएपछि काँग्रेस वृतमा तरंग आएको छ । पौडेल यसअघि नै नेविसंघको वर्तमान समिति भंग गर्नुपर्ने पक्षमा थिए भने सभापति म्याद थप्नुपर्ने पक्षमा । पार्टी बैठकमा उपसभापति निधिमाफर्त सभापतिले विघटनको प्रस्ताव ल्याएपछि पौडले पनि त्यसलाईस समर्थन गरेका हुन् ।