२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

युबा नेता चिन्तन पौडेलबाट कम्प्युटर सहित एक लाख बराबरको सामग्री हस्तान्तरण

2457 Shares
Spread the love

तनहुँ । देबघाट लानिधिनी आदिवासी तामाङ घेदुङ संघ द्वारा आयोजित नबनिर्मित तामाङ सङ्ग्रहालय भवन समुद्घघाटन तथा २८५५ अौ सोनाम ल्होछारको अबसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा युबा जागरण अभियानका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युबा नेता चिन्तन पौडेलले सम्बोधन गर्नु भएको थियो ।कार्यक्रममा शुभकामना तथा आफ्नो मन्तब्य राख्दै आगामी दिनमा तनहुँ जिल्ला र देबघाट बासीको हकहितमा सदैब लाग्ने कुरा स्पष्ट पार्नुभयो।

तामाङ घेदुङ संघले गरेको उक्त कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी लागेको कुरा ब्यक्त गर्नुभयो ।

नगद रू २० हजार र ८० हजार बराबरको कम्प्युटर गरि १ लाख बराबरको सामग्री तामाङ घेदुङ संघलाई हस्तान्तरण गर्नुभयो । आफू सधैं देबघाटबासीको हकहितमा लाग्ने र आगामी दिनमा यस्ता जनजातिहरुको कार्यक्रममा सहभागी हुने कुरा पनि बिस्वस्त पार्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ने.बि.सं केन्द्रीय उपाध्यक्ष प्रकाश राना , देबघाट गा.पा का उपाध्यक्ष बिमला गुरुङ , नेपाली काङ्ग्रेस देबघाटका पाटी सभापति प्रेम गुरुङ,तिलबहादुर थापा ,बाबुराम पौडेल ,कर्ण गुरुङ लगायतका नेताहरु आफुहरु जस्तोसुकै अबस्थामा पनि जनताको हक र हितमा काम गर्ने वचन ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया