२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

महेन्द्र राजमार्ग व्यक्तिको नाममा ‘पास’

1890 Shares
Spread the love

काठमाडौं । ५३ बर्षअघिको महेन्द्र राजमार्गको जमिन नै ब्यक्तिको नाममा पास भएको खुलासा भएको छ ।

पुर्ब पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरिकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले ब्यक्तिको नाममा पास गरेको खुलासा भएको हो ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकम समेत चुहाबट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसंग जोडिएको जमिनको राजश्व र राजमार्ग नभएको जमिनको राजश्व फरक रहेको छ ।

यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाइकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको अधिकास भुभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन ।

यसो गर्दा नापी कार्यालयका कर्मचारीले ब्यक्तिसंग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ ।

पूर्व पश्चिम लोकमार्ग २५ र सहायक मार्ग १५ मिटेर छाडेर मात्र नापी कार्यालयले किताकाट गर्नुपर्नेमा त्यसो नगरिकनै रजिष्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको हो ।

चन्द्रनिगाहपुरभित्र पर्ने पुर्ब पश्चिम राजमार्गको जंगलछेउदेखि चा“दिपुलसम्म र गौर चन्द्रनिगाहपुर खण्डका अधिकास सडकको भाग घडेरीको रुपमा नापी कार्यालयले पास गर्न सिफारिस गर्ने गरेको खुलेको हो ।

किताकाट नगरिकनै पठाउनु भनेको रजिष्टे«शन गर्न सिफारिस गरेको सो सरह रहेको स्थानीयको भनाइ छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया