२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विद्यार्थी नेताहरुलाई रिहा गर्न काँग्रेसको चेतावनीसहित आग्रह

2205 Shares
Spread the love

काठमाडौं । नेपाली काँग्रेसले गिरफ्तार गरिएका आफ्ना विद्यार्थी नेताहरुलाई रिहाई गर्न चेतावनीसहित आग्रह गरेको छ । गिरफ्तारको घोर निन्दा र भत्सर्ना गर्दै काँग्रेसले गिरफ्तारले सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र थप उदाङ्गो बनेको आरोप पनि लगाएको छ ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै काँग्रेसले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको आरोप लगाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘ अधिनायकवाद उन्मुख वर्तमान कम्युनिष्ट सरकारको असक्षमताका कारण मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महंगी, चरम भ्रष्टाचारका अतिरिक्त संविधान, संघीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीतका क्रियाकलापहरुको विरुद्धमा नेपाल विद्यार्थी संघले देशव्यापी रुपमा आन्दोलन गरिरहेको र यसै क्रममा पोखरामा भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु परसुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको घटनालाई लिएर सरकारको विरोधमा गिरफ्तार उनीहरुको रिहाईको माग गर्दै वानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरसहित १९ जनालाई गिरफ्तार गरिएको छ । ’

गिरफ्तार गरिएका विद्यार्थी नेताहरुको तत्काल रिहाईको माग गर्दै रिहा नगरिए परिणाम भयावह हुने चेतावनी पनि काँग्रेसले सरकारलाई दिएको छ ।

प्रतिक्रिया