काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएला प्रकरणमा कुनै पनि स्वतन्त्र मुलकलाई बाहिरी हस्तक्षेप बन्द गर्नुपर्ने बताएका छन्। तमसोमा ज्योतिर्गमय नामक कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता श्रेष्ठले भने, ‘अमेरिकालाई भेनेजुएलामा हस्तक्षेप नगर भनेका हौं, हामी माथी भएको हस्तक्षेपमा विदेशी हस्तक्षेप बन्द गर भन्दै आएका छौं।’
‘शान्ति पक्रियामा अगाडि बढेको नेपालले २ वटा कार्यभार पुरा गरिसकेको छ’ उनले भने ‘सेना समायोजनको कार्यभार र राजनीतिक कार्यभार।’ नेता श्रेष्ठले अगाडि भने, ‘संविधान निर्माण गरेर राजनीति कार्यभार पूरा गरेका छौं। यसरी नेपाल कमजोर छ भनेर जसले जे गर्न पनि हुने?’ उनले प्रश्न गरे।‘हाम्रो पूर्खाले सारा उपनिवेश हुँदा, हाम्रो राष्ट्रिय भौगोलिक अखण्डतालाई जोगाएर शीर ठाडो पारेर उभिएको देश भएको हुँदा स्वतन्त्र मुलुकलाई कसैले हस्तक्षेप गर्न नपाइने उनले बताए।
(हेर्नुहोस् भिडियो)