२०८३, ८ आश्विन बिहीबार
×

ट्रेन्डिङ

धुर्मुस सुन्तलीलाई विदेशबाट नेपालीको अनुरोध संस्थालाई नेकपाको भातृ संगठनको दर्जा नदिनुहोला(भिडियो)

1100 Shares
Spread the love

मङ्गलबार, माघ २२, २०७५
काठमाडौं – बिगत १ हप्ता देखि सामाजिक संजालमा भाईरल भई रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र हास्य कलाकार द्वय धुर्मुस सुन्तली फाउण्डेशनको बिषयमा चर्चा परीचर्चा भई रहदा केही लेख्ने जमर्को गरेको छु।म धुर्मुस सुन्तलीको फाउण्डेशन र यसले गरेका कार्य प्रति मेरो बिरोध कदाचित होईन तर पनि एउटा ब्यापारीक हिसाबले निर्माण गर्न लागेको स्टेडियमको भित्री रहस्यलाई उजगार गर्न खोजेको मात्र हुँ।मैले धुर्मुस सुन्तलीको कामलाई भन्दा पनि नेपाल सरकारको कार्य रणनितिको बिरोध गरेको हुँ।

देशको राजनिति अस्थिरता र राज्य चलाउने अपरीपक्व रणनितिका कारण ४० लाख भन्दा बढी नेपाली होनाहार युवा युवतीहरू बिदेशी भूमिमा कार्यरत छन्।आफ्नो शरीरलाई नेपालमा च्याउ सरी उम्रिएका मेन पावर कम्पनिको दैलोमा पुगेर आफुले आफैलाई बेच्दै बिदेशीएका हरूको दु:ख पीडाको हामी यो २/४ शब्दले कोरीएका हरफहरूमा उजगार समेत गर्न सक्दैनौ।काहाली लाग्दो र दुखद क्षणहरूमा गुज्रिएका नेपालीहरू चाहे ५० डिग्री तापक्रममा साउदी कतारमा कार्यरत होस चाहे माईनस ५० डिग्री सम्मको चिसो युरोप अमेरीका किन नहोस सबै आफ्ना पारीवारीक आर्थिक स्थितिलाई मजबुद बनाउन लागि परी रहेको अबस्थामा बेलाबेलामा बिभिन्न कार्यहरूका लागि सहयोग उठाउने कार्य पनि नभएको होईन।त्यसरी सहयोग गर्ने र जुटाई दिने अभियन्ताको रूपमा मैले पनि काम गर्दै आएको छु।

डोल्मा शेर्पा देखि अमर बम,आनिस खालिङ राई हुँदै मृगौला पीडितहरू र ब्लड क्यान्सर पीडितहरूलाई सहयोग जुटाउदै आएको अबस्थामा बिगतमा धुर्मुस सुन्तली फाउण्डेशनले भुकम्प पीडित र बाढी पिडीत साथै जाडोमा कठयाङ्ग्रीएर जीवन जीई रहेका नेपालीहरूका लागि निर्माण गरेको मुसहर बस्ति र एकिकृत नमुना बस्ति निर्माण गर्दा बिदेशीएकाहरूको सहयोगकै कारण कार्य सम्पन्न भएकै हो तर आज धुर्मुस सुन्तली फाउण्डेशनले जुन रणनिती लिएर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान थालेको छ यो एकदमै गलत साबित हुने छ।हास्य कलाकार जोडीलाई अगाडी सारेर नेपाल सरकारले जुन रणनिति अपनायो यसबाट के प्रष्ट हुन्छ भने धुर्मुस सुन्तली नेकपाको एजेन्ट नै हुन्।ओली सरकारले धुर्मुस सुन्तलीलाई हतियार बनाएर नाफा मुलक स्टेडियम बनाउन ठेक्का दिएको छ।

नेपाल सरकारले राष्ट्रिय खेलकुद परीषद्संग समन्वय गरी सरकारकै ढुकुटीबाट खेल मैदान निर्माण गर्नु पर्ने हो तर सरकार किन निरीह बन्दै छ ? नेपाल सरकार ठूलो हो की एउटा ब्यक्तिले खोलेको फाउण्डेशन ठूलो हो ? यदी फाउण्डेशन नै ठूलो हो भने सरकारको औचित्य के हो ? बिदेशीएका नेपालीको रोजी रोटीको छाक कटाएर जनता लुट्ने कार्यमा अग्रसरता देखाउन उचित होला र ? बिदेशीएका नेपालीले छुट्टी आउँदा आफ्नै ब्यक्तिगत प्रयोजनका लागि बिदेशबाट ल्याएका केही बोतल रक्सी माथि पनि गिद्धे नजर लगाउने सरकारलाई हाम्रो मनले कसरी सहयोग गर्ने ? हामीले दिएकै करबाट बन्नु पर्ने होईन र बाटो घाटो साथै खेलकुद मैदान । बार्षिक छुट्टाईएको बजेटलाई कोल्याप्स गराई दिने, एनसेलबाट लिनु पर्ने ७२ अर्ब राजस्व लिन नसक्ने,वाईड बडी जहाजको खरीद प्रकृयामा भएको ४ अर्ब बढी भ्रष्ट्राचार भएको रकमको खोजतलास गर्न नसक्ने,भ्रष्ट्रचारीहरूलाई कानुनी कठघरामा ल्याएर पैसा उठाउन नसक्ने अनि उल्टै हास्य कलाकार धुर्मुस सुन्तलीलाई रंगशाला बनाउन दिने नाफा मुलक र ब्यवशायीक हिसावमा निर्माण हुने क्रिकेट स्टेडियमको फाईदा कसले लिने ? धुर्मुस सुन्तली फाउण्डेशन वा भरतपुर महानगरपालिकाले ? के स्टेडियम बन्दा अनुदान गर्नेहरूले चाँहि केही नपाउने ? स्मरण रहोस नमुना बस्ति र मुसहर बस्ति बनेको जस्तो सजिलो छैन क्रिकेट स्टेडियम बन्न।लगभग ३ अर्बको लेखा जोखा गरीएको परीयोजना चानचुने भने पक्कै छैन्।सरकारले धुर्मुस सुन्तलीलाई अगाडी सारेर स्टेडियम बनाउनु भन्दा आफैले निर्माण गरेको राम्रो साथै धुर्मुस सुन्तलीलाई एउटै अनुरोध तपाईहरूको संस्थालाई नेकपाको भातृ संगठनको दर्जा नदिनु होला।बिदेशीएका नेपालीको गाँस खोसेर सरकारलाई खुशी बनाउदै नाम र तक्मा थप्ने काम नगर्नु होला किनकी तपाईहरूको जति भूमिका छ त्यति नै भूमिका ती तपाईको फाउण्डेशनलाई सहयोग पु¥याउनेको पनि छ।हिमाल पोष्ट डटकमबाट साभार
कर्ण अधिकारी मकाउ,चीन

https://www.youtube.com/watch?v=4pv3OGN_CnM&fbclid=IwAR1wfT0s6da55EP3WoCTPrcQ12WHOsjPo2x1aQhJ-f0BbA92OgjmRQBLmUU

प्रतिक्रिया