२०८१, ३ फाल्गुन शनिबार
×

ट्रेन्डिङ

राजदूत लीलामणि पौडेललाई कारबाही गर्न प्रधानमन्त्रीसँग आग्रह

1515 Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको समीक्षामा सांसदहरूले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलको कार्यशैलीलाई लिएर आलोचना भएको छ ।

भ्रमण टोलीमा रहेका सांसदहरूले राजदूत पौडेललाई कारबाही गर्नुपर्ने माग गरेका हुन् । ओलीले आफूसँगै भ्रमण टोलीमा रहेका सांसदहरूसँग मंगलबार परामर्श गरेका हुन् ।

सो समीक्षा बैठकमा नेपाल कम्यनिस्ट पार्टीका सांसद प्रेम आलेले राजदूत पौडेलले प्रधानमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन नसकेको भन्दै आलोचना गरेको उच्च स्रोतले जनाएको छ ।

राजदूत पौडेलले भ्रमणमाथि नै प्रश्न उठ्ने गरेर कार्यक्रम राखेको सांसद आलेको आरोप थियो ।

राजदूत पौडेलले नेपाली र चिनियाँ व्यापारीहरूबीच लगानीका बारेमा भएको हस्ताक्षर कार्यक्रम होटेलमा नराखेर राजदूतावासमै राखेका थिए ।

सांसदहरूले भ्रमण व्यवस्थित गर्न नसक्ने राजदूत पौडेललाई फिर्ता बोलाएर सजाय दिनुपर्ने माग प्रधानमन्त्री ओली समक्ष गरिएको स्रोतले जनाएको छ ।

दूतावासको कार्यक्रममा राख्दा नेपाली पक्षको अपमान भएको महशुस गरिएको सांसद आलेसहितका सदस्यहरूले गरेका थिए ।

राजदूत पौडेलले कतिपय अन्य कार्यक्रमहरूलाई पनि सोँचेअनुसारको बनाउन नसकेको भनेर आलोचना भएको छ ।

प्रतिक्रिया