1522
Shares
उर्लाबारी, मोरङ । मिक्लाजुङ गाउँपालिका– ७ की ४४ वर्षीया शान्ति राई (तामाङ) को बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेत पक्राउ परेका छन्।
गत फागुन १९ गते राति भएको घटनापछि बस्नेतलाई पक्राउ गर्न प्रहरीलाई साढे तीन महिनाभन्दा बढी समय लागेको थियो। मिक्लाजुङ–७ सिसौलीकी राईको शव बलात्कारपछि वीभत्स ढंगले हत्या गरेर फ्याँकिएको अवस्थामा राम्री खोलामा फेला परेको थियो।
लामो समयको अनुसन्धानपछि घटनामा संलग्नलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए। बलात्कार गरेको खुल्ने डरले बस्नेतले महिलाको हत्या नै गरेको पत्ता लागेको प्रहरीले जनाएको छ।
पक्राउ परेका बस्नेतविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आजै म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।