२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

साम्राज्ञीलाई बल्ल चाहियो अनमोल …

1061 Shares
Spread the love

अहिलेकी चर्चित अनि डिमाडेट नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनको अभिनय र फेसन सेन्सको प्रशंसा नगर्नेहरु कमै छन् । ड्रिम्सबाट आफनो अभिनय यात्रा थालेकी साम्राज्ञीले अनमोल केसीसंग काम गर्दा पनि फिल्ममा उनीमाथि अनमोल हाबी हुनै सकेनन् । जबकी अनमोलका फिल्महरुमा नायिकाहरुको कामको चर्चा खासै हुँदैन । तर साम्राज्ञी भने भाग्यमानी साबित भईन् । अनमोलसंग डेब्यु गरेका नायिकाहरुमा साम्राज्ञीमात्र एक यस्ती नायिका हुन जसले अहिले आफनो बेग्लै स्टारडम बनाएकीछिन् । त्यतीमात्र होईन साम्राज्ञी त अहिलेकी सर्वाधिक महंगी नायिका पनि हुन् ।


अनमोललाई ४५ लाखको माया भएन


उनीमाथि अहिले अनमोलको ट्याग त छैन तर अनमोलको नायिका , अनमोलको कारणले फिल्म चलेको भन्ने जस्ता वाक्यहरु सुन्दा साम्राज्ञीको आक्रोस बढ्ने गरेको छ । उनले त साम्राज्ञीलाई चलेका नायकहरु होईन नायकहरुलाई साम्राज्ञी चाहिएको हो भन्ने अभिव्यक्तिसमेत दिईसकेकीछिन् । अनमोलसंग काम गर्दा आफु हेपिएको भन्दै गुनासोसमेत गरेकी साम्राज्ञी र अनमोल त्यसपछि पर्दामा एकसाथ देखिएका छैनन् । तर आज किन हो साम्राज्ञीलाई एक्कासी अनमोलको याँद आएको छ ।

हालै मारुनी फिल्ममा आवद्ध भएकी साम्राज्ञीले सामाजिक सञ्जालमा अनमोलसंगको तस्बिर सेयर गर्दे यी दुई जना साथै कति राम्रो देखिन्छ भन्दै पोस्ट गरेकीछिन् । अनमोल र आफनो जोडीलाई बेस्ट जोडीसमेत भनेकी साम्राज्ञीले अनमोलसंग पुन काम गर्ने इच्क्षा जाहेर गरेकीछिन् । जे होस यो हिट जोडी पर्दामा पुन आए त्यसले बक्सअफिसमा हलचल नै मच्चाउँने भने पक्का छ । तर बिचमा अनमोलसंग कुनै हिमचिम नै नबनाएकी साम्राज्ञी खै किन अनमोलको याँद आयो कुन्नी ?

प्रतिक्रिया