नेपाली सिनेमा क्षेत्रमा यस्ता धेरै कलाकारहरु छन् जसले पैसाकै लागि गुणात्मक भन्दा बढि संख्यात्मकरुपमा फिल्महरु धेरै गरे। जसका कारण उनीहरुले आफना फ्यानहरुमाझ नै क्रेज गुमाउँन पुगे । ती कलाकारमध्य कति त बिदेश पलायन भए भने कति अझै पुरानै क्रेज फर्काउँने ध्यानमा छन् । हुन पनि हो नेपाली सिनेमा क्षेत्रको सानो बजार त्यसमा सिमित फिल्म खेलेर आफनो जीवनशैली धान्न पनि मुस्किल पर्ने अवस्थामा कलाकारहरुले धेरै फिल्म गर्नु स्वभाविक पनि हो । तर यही कारण उनीहरुले आफनो क्रेज नै गुमाउँने गरेका छन् । तर यस्तो कुरामा भने अहिलेका युवास्टार नायक अनमोल केसी भने निकै सजग छन् ।

बर्षमा एउटा मात्र फिल्म खेल्ने घोषणा गरेका अनमोल यसमा अडिग हुन नसके पनि फिल्म छनौटमा भने उनी सजग देखिएका छन् । उनले हालसालै मिलन चाम्सको निर्देशनमा बन्न लागिरहेको फिल्म ब्याचलर बन्टी फिल्म छाडे जसमा उनले हालसम्मकै सर्वाधिक ४५ लाख पारिश्रृमिक लिएका थिए । अनमोल र टिमबीच सम्झौता पनि भईसकेको थियो तर फिल्मको स्क्रिप्टमा चित्त नबुझेपछि उनले अन्तत यो फिल्मबाट हात झिके ।

अनमोलका लागि उनलाई फिल्ममा आफनो रोलै मन परेन । तर बजारमा भने फिल्मकी नायिकादेखि लिएर कथा , स्क्रिप्ट कुनैमा पनि अनमोल चित्त नबुझाएका हुन् । उता अनमोल भने रोल नै चित्त नबुझेको कारण आफुलाई फिल्ममा जोड्न चाहादैनन् । यसरी हेर्दा अनमोलले रोल नै मन नपरेपछि ४५ लाखको पनि माया मारे । उनले निर्माण टिमबाट बुझेको १० लाख पनि फिर्ता गरिसकेका छन् । यसबाट पनि पुष्टी हुन्छ की अनमोल आफनो करियर र दर्शकप्रति निकै सजग छन् । उनी आफना अग्रजहरुले जस्तै गलत निर्णय लिनै चाहान्न ।
