एजेन्सी। ‘सेक्स एडिक्सनले मेरो जिन्दगी बर्बाद गरिदियो, सबथोक बर्बाद भयो’ बेलायतकी महिला रेबेका बार्करले न्यूज एजेन्सीसँग आफ्नो पीडा सुनाउँदै भनिन् । रेबेकाले हालै एक समाचार च्यानलमार्फत आफ्नो दुखद् कथा सार्वजनिक गरेकी छिन् । यी महिलाले बताइन् कि कसरी अत्याधिक सेक्सको लतले उनको जीवन बर्बाद बनाइदियो । उनले बताइन् कि कसरी यो लत उनको नियन्त्रणभन्दा बाहिर गयो र यसका के कस्ता दुष्परिणाम भए ।
रेबेकाले अन्तरवार्तामा भनिन् ‘एक पटक यस्तो समय आयो कि दिनमा ५ पटक सेक्स गर्दा पनि मलाई सन्तुष्टि प्राप्त हुँदैनथ्यो । बिहान उठ्नेबित्तिकै मेरो मनमा सेक्स गर्ने मात्रै सोचाइ आउँथ्यो । जति कोसिस गरे पनि मेरो मनका यही चलिरहन्थ्यो । म पूरै पागल भइसकेकी थिएँ ।’ रेबेकाका अनुसार उनलाई यो समस्या डिप्रेसनको उपचारको क्रममा सुरु भएको थियो । २०१४ मा उनी यो समस्याबाट ग्रस्त भएकी थिइन् ।
सुरुमा उनका पार्टनरलाई पनि यसले समस्या भएको थिएन । तर केही समयपछि नै जब रेबेकाको सेक्सको विषयमा माग बढ्न थाल्यो त्यसपछि भने उनका पार्टनर समस्यामा परे । उनी तनावमा रहन थाले । रेबेकाका पार्टनरले रेबेकामाथि नै शंक ागर्न थाले । उनका पार्टनरलाई लाग्यो कि रेबेकाको उनीबाहेक अरु कोही व्यक्तिसँग अफेयर छ र उनी यो कुरा लुकाउन पटक पटक सेक्सको माग गरिरहेकी छिन् । अन्ततः शंकाकै कारण उनीहरुको सम्बन्ध तोडियो ।
रेबेकाको आफैंमाथि नियन्त्रण थिएन । उनको पूरा शरीर सेक्सको लागि तड्पिरहन्थ्यो । उनलाई जतिबेला पनि सेक्स चाहिन्थ्यो । यस्तो समस्या भएपछि उनी घरबाट बाहिर निस्कनै छोडिन् । रेबेका अहिले फ्रान्समा छिन् र उपचारबाट सेक्स एडिक्सनबाट छुटकारा पाइसकेकी छिन् । उनले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर सेक्सको लतबाट छुटकारा पाएको बताएकी छिन् ।
https://youtu.be/jV6JkdV7L9E