२०८२, ११ बैशाख बिहीबार
×

ट्रेन्डिङ

प्रताप दासको स्वरमा बिष्णु खरेलको “ एल्को साझ ” को म्यूजिक भिडियो सार्वजनिक

47622 Shares

लण्डन । समाजसेवा तथा मोडलिङमा सक्रिय बेलायत निवासी बिष्णु खरेलको शब्द रचनामा ” एल्को साझ ” को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रताप दासको स्वर रहेको सो गितमा शिखर सन्तोषको संगीत रहेको छ भने म्यूजिक भिडियोमा गितका रचनाकार बिष्णु खरेल र उषा उप्रेतीको अभिनय रहेको छ ।

नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको म्यूजिक भिडियोको छांयाकन योदीन योञ्जनले गरेका हुन् भने सम्पादन एवं निर्देशन नितिन चन्दले गरेका छन् ।

म्यूजिक नेपालको युट्युव च्यान्ल मार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो बिष्णु खरेलको शब्द रचनाको पहिलो गीत हो ।

प्रतिक्रिया