45195
Shares
लण्डन । गायक आवेश कुइंकेलको स्वरमा ” चोखो माया ” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द रबिन्द्र (रबि) मल्ल , संगित कल्याण सिंह , दिनेश श्रेष्ठ ,लुमन स्थापित संजीव मैनालीको रहेको छ । बेलायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा विकेश बस्नेत र कविता बिष्टको अभिनय रहेको छ ।
मोडल विकेशले बेलायतमा करिब एक दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
प्रणय दिवसको अवसर पारेर सार्वजनिक उक्त म्यूजिक भिडियोलाई बेलायतमा नै आफ्नो कर्मथलो बनाएका आशिष श्रेष्ठले छायाङ्कन, सम्पादन र निर्देशन गरेका हुन् ।