२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

निरुताको निर्णयले सञ्चितालाई फलिफाप

2422 Shares
Spread the love

नेपाली सिनेमा क्षेत्रमा कुनै समय चर्चित अनि लोकप्रिय बनेकी नायिका निरुता सिंह यतिबेला मह संचारको फिल्म दाल भात तरकारीमा व्यस्त रहेकीछिन् । सधै रुवाउँने निरुता यस फिल्मबाट दर्शकलाई हसाउँने छिन् । नाई नभन्नू ल ५ बाट सानो रोलमा पर्दामा फर्किएकी उनलाई यतिबेला फिल्मको अफरको लाम लागेको छ । यसैबीच उनले हजार जुनीसम्म फिल्म भने छाड्न परेको छ ।

यसअघि प्रदिप खड्काको लभस्टेशन पनि कारणवश छोड्न बाध्य भएकी उनले बिकास राज आचार्यको हजार जुनीसम्म छाड्नु परेको हो । दाल भात तरकारीमा व्यस्त रहेकोले समय व्यवस्थापन गर्न नसक्दा उनले यो फिल्म छाडेकी हुन् । निरुताले यो फिल्मबाट हात झिकेलगत्तै फिल्ममा सञ्चिता लुईटेलको इन्ट्री भएको छ ।

यो पनि पढ्नुहोस


रुने दिन गए निरुताको


 

यसअघि बिकास राज आचार्यसंग नाई नभन्नू ल ३ मा काम गरेकी सञ्चिता छिट्टै सुटिङका लागि सिक्किम जाँदैछिन् । उनको जोडी पुराना चर्चित नायक उत्तम प्रधानसंग जोडिनेछ । जेहोस पछिल्लो समय फाट्टफुट्ट फिल्महरुमा काम गर्दे आएकी सञ्चिताले ठुलो व्यानरको फिल्म पाईरहेकी थिईनन् तर  भने निरुताले फिल्म छोडेपछि सञ्चितालाई फलिफाप नै भयो होईन त ?

 

प्रतिक्रिया