२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने श्रीमती

1264 Shares

काठमाडाैं । श्रीमान् श्रीमती भनेको एक रथका दुई पाग्रा हुन् । सात जुनीसम्म श्रीमान् श्रीमती भएर बाँच्ने कसम खाएकाले नै धोका दिन्छन् भन्ने कसलाई पो लाग्छ र ? तर, सबै श्रीमतीहरु एकै हँुदैनन् भन्ने कुराको कञ्चनपुरमा भएको घटनाले पुष्टि गर्छ । प्रेमीसँग मिलेर आफ्नै श्रीमान्को हत्या गर्ने पनि श्रीमती हुँदा रहेछन् ।कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको पुष्टि भएको छ । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर र लक्ष्मीले गत वैशाख महिनामा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता भए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएपछि रुष्ट भएकी लक्ष्मीले विष्टको हत्या गरेको प्रहरीको दावी छ ।

उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्ट सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया