२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

श्रीमतीको अश्लील फोटो श्रीमानलाई पठाएर युवकले भने ‘यो मेरी श्रीमती हो, यसलाई छोडिदेऊ’

2363 Shares
Spread the love

भर्खर बिहे गरेर ल्याएकी श्रीमतीको अश्लील फोटो आफ्नो फोनमा कसैले पठाएपछि पहिले त श्रीमान् चकित परे । त्यसपछि उनले श्रीमतीलाई यसबारे सोधे । केही समयमै ती नवविवाहिताको फोटो सामाजिक संजालमा भाइरल भयो । ती युवतीको बिहे भएको ७ दिनमात्र भएको थियो ।

युवतीको बिहे भएको ७ दिनमै ती युवकले फोटोका आधारमा सताउन सुरु गरेका थिए । फोटोहरु नवविवाहिताका श्रीमान र उनका म्यानेरलाई पठाइदिए । सुरुमा त ती नवविवाहित युवती र उनका पतिले ती युवकलाई सम्झाए । तर उनले नमानेपछि प्रहरीमा उजुरी गरिदिए । भारतको पंजाबको जालंधरमा ती नवविवाहित जोडीलाई सताउने युवक पानीपतका राकेश जेना भएको बताइएको छ ।

पीडित युवतीका अनुसार राकेश उनको टाढाको आफन्त हो । उनले बिहेअघि नै झुक्याएर उनको नग्न फोटो खिचेका थिए । बिहेको ७ दिनमै उनले यी फोटोहरु विभिन्न व्यक्तिहरुलाई पठाउन सुरु गरे । उनले नवविवाहिताका पतिलाई फोटो पठाएर ती युवती आफ्नी श्रीमती भएको र आफूलाई छोडेर दोस्रो विबहे गरेको भन्दै छोडिदिन भने । उनले युवतीलाई पनि पतिलाई छोडेर एक लाख लिएर आफूसँग आउन धम्की दिएका थिए । प्रहरीले युवकलाई पक्राउ गरी अनुसन्धान अगाड बढाएको छ ।

प्रतिक्रिया