२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

श्रीमतीको अश्लील फोटो श्रीमानलाई पठाएर युवकले भने ‘यो मेरी श्रीमती हो, यसलाई छोडिदेऊ’

2363 Shares

भर्खर बिहे गरेर ल्याएकी श्रीमतीको अश्लील फोटो आफ्नो फोनमा कसैले पठाएपछि पहिले त श्रीमान् चकित परे । त्यसपछि उनले श्रीमतीलाई यसबारे सोधे । केही समयमै ती नवविवाहिताको फोटो सामाजिक संजालमा भाइरल भयो । ती युवतीको बिहे भएको ७ दिनमात्र भएको थियो ।

युवतीको बिहे भएको ७ दिनमै ती युवकले फोटोका आधारमा सताउन सुरु गरेका थिए । फोटोहरु नवविवाहिताका श्रीमान र उनका म्यानेरलाई पठाइदिए । सुरुमा त ती नवविवाहित युवती र उनका पतिले ती युवकलाई सम्झाए । तर उनले नमानेपछि प्रहरीमा उजुरी गरिदिए । भारतको पंजाबको जालंधरमा ती नवविवाहित जोडीलाई सताउने युवक पानीपतका राकेश जेना भएको बताइएको छ ।

पीडित युवतीका अनुसार राकेश उनको टाढाको आफन्त हो । उनले बिहेअघि नै झुक्याएर उनको नग्न फोटो खिचेका थिए । बिहेको ७ दिनमै उनले यी फोटोहरु विभिन्न व्यक्तिहरुलाई पठाउन सुरु गरे । उनले नवविवाहिताका पतिलाई फोटो पठाएर ती युवती आफ्नी श्रीमती भएको र आफूलाई छोडेर दोस्रो विबहे गरेको भन्दै छोडिदिन भने । उनले युवतीलाई पनि पतिलाई छोडेर एक लाख लिएर आफूसँग आउन धम्की दिएका थिए । प्रहरीले युवकलाई पक्राउ गरी अनुसन्धान अगाड बढाएको छ ।

प्रतिक्रिया