617
Shares

नयाँ दिल्ली । २ दिन सम्म बलात्कारको सिकार भएकी भारतको उडिसा प्रदेशकी एक २० बर्षीया इन्जीनियरिङ पढने छात्राको अवस्था नाजुक रहेको अधिकारीहरुले बताएका छन्।
कलेजबाट घर फर्कदैं गरेकि युवती रेलवे स्टेशनमा रेललाई कुरिरहेकि थिइन् । निके बेर भइसक्दा समेत रेल नआँएपछि नजिकै रहेका उनका साथिले हिँडेर जाउँ भनेपछि सँगै गएका थिए।
तर, ती युवकले उनलाई गाडीमा चढाए र अर्कै ठाँउमा लगे । एकान्तमा ओर्लीए पछि ती युवकले एउटा घरमा लगे । जहाँ ५ जना अरु थिए । उनीहरुले ४८ घण्टा सम्म बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
युवतीको नाम खुलाइएको छैन् उनको अस्पतालमा उपचार भैरहेको परिवारका सदस्यले बताएका छन् ।