२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

गोकर्णेश्वर मेयर कपः आज भएको पहिलो खेलमा वडा नं २ बिजयी

2123 Shares
Spread the love

आशिस तामाङ

काठमाडौं– गोकर्णेश्वर मेयर कप अन्तर्गत आज भएको खेलमा वडा नं २ बिजयी भएको छ ।

चौथो दिनको खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं २ र गोकर्णेश्वर नगरपालिका वडा नं ४ए बि निकै रोचक भिडन्त भएको थियो ।खेलको १६औ मिनेटमा नितेश लामाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ४ए का प्रबेश श्रेष्ठले १७ औ मिनेटमा पहेलों कार्ड खाए ।

त्यसलग्गतै २ कै तर्फबाट २४ औ मिनेटमा बिक्रम लामाले, दिपेन्द्र लामाले ३५ औ मिनेटमा, बालकृष्ण श्रेष्ठले ४५ औ मिनेटमा गोल गरेका थिए ।

यसैगरी गोकर्णेश्वर ४ए बाट जर्सी नं ७ का लक्ष्मण गुरुङले गोल गरेका थिए तर सो गोल जीतका लागि पर्याप्त भएन् र गोकर्णेश्वर ४ए गोकर्णेश्वर २ द्वारा पराजित भयो । जर्सी नम्बर ८ को दिपेन्द्र लामा म्यान अफ द म्याच भए ।

खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया