२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

बलिउड नायिकाको उपनाम पाएका नेपाली नायिकाहरु

2067 Shares

नेपाली चलचित्र क्षेत्रमा नव नायिकाहरुको कमी छैन । भर्खरै मात्र प्रबेश गरेका नायिकाहरुको चर्चा यतिबेला अन्य स्थापित नायिकाहरुको तुलनामा कम छैन । तीमध्ये कतिले चलचित्र क्षेत्रमा सुरुवातमा नै सफलताको स्वाद चाखेका छन् भने कति संघर्षकै क्रममा छन् । तर तीनै नायिकाहरुले आफनो पहिलो प्रयासमा नै दर्शकको मन जितेका छन् ।

कतिले अभिनयमाफर्त त कतिले सुन्दरतामार्फत । तीनै नायिकाहरुलाई कतिले बलिउड नायिकाहरुसंग तुलना पनि गर्छन अभिनयको हिसावले होईन रुपको हिसावले । ती नायिकाहरुलाई धेरैले बलिउड नायिकाको उपनाम दिएका छन् । आउनुस जानौ ती नायिकाहरुका बारेमा ः

दिपिका प्रसाई : एश्वर्य फेम नायिकाले आफनो डेब्यु चलचित्रबाट नै चर्चा कमाईन भने छक्का पञ्जा ३ बाट प्रशंसा पनि । फैसन इन्डष्ट्रीमा चिरपरिचित नायिका दिपिकालाई दर्शकले पहिलो चलचित्रबाट नै वच गरेका थिए । उनलाई धेरैले बलिउड सोनम कपुर भनेर टिप्पणी गर्छन ।

उनलाई बलिउडकी सोनम कपुर भनेर यस क्षेत्रमा मात्र होईन स्कुल कलेजदेखि नै सोनम कपुर भनेर जिस्काउने गरेको उनी आफैले पनि स्वीकार गर्छिन् । उनले निर्देशक दीवाकर भट्टराईसंग कोर्ट म्यारजि गरिसकेकीछिन् ।

सन्ध्या केसी – ड्रिम्स चलचित्रबाट अभिनयमाफर्त यस क्षेत्रमा प्रबेश गरेकी सन्ध्या केसी यतिबेला आफनो करियर स्थापित गर्ने सुरुमा लागिरहेकीछिन् । रुपले धपक्क बलेकी यी नायिकालाई चलचित्र क्षेत्रमा मिनी एश्वर्याको नामले बोलाउने गर्छन् ।

झट्ट हेर्दा कता कता एश्वर्याको झलक पनि पाउन सकिन्छ ।  उनले केही चलचित्रमा काम गरिन तर उनी नायिकाको रुपमा भने क्लिक राम्रोसंग हुन सकेकी छैनन् भने अर्काे चलचित्र कमलेको बिहे पनि रिलिज हनु बाँकी रहेको चलचित्र हो ।

अदिती बुढाथोकी :- कृ चलचित्रबाट डेब्यु गर्न लागिरहेकी नायिका अदिती बुढाथोकीलाई पनि बलिउडकी चर्चित नायिकाको उपनाम दिईएको छ । सामाजिक सञ्जालमा निकै सक्रिय अदितीलाई धेरैले सनी लियोनी जस्तो भनेका छन् भने कतिले कैटरिना कैफ जस्तो ।

तर उनी भने आफुलाई कुनै बलिउड नायिका जस्तो छु भन्नेमा भने विश्वास छैन । बलिउडका केही म्युजिक भिडियोहरुमा समेत काम गरेकी उनी बलिउडमा पनि संघर्षको क्रममा नै रहेकीछिन् ।यसबीचमा उनले चर्चित नायक फरहान अख्तरसंग एक वेभ सिरिजमा काम गर्देछिन् ।

बर्षा सिवाकोटी :- नेपाली चलचित्र क्षेत्रमा थुप्रै चलचित्रमा काम गरेर पनि खासै सफलता पाउन नसकेकी नायिका बर्षा सिवाकोटीलाई पनि सनि लियोनी जस्तै देखिने नायिका भनेर चर्चा गरिन्छ ।

उनले ग्लामरस तरिकाले गरेको फोटोसुटहरुमा उनी केही हदसम्म सनि लियोनी जस्तो देखिन्छिन भन्ने धेरैको धारणा पाईएको छ । तर उनलाई कसैले आफुलाई सनि लियोनी जस्तो भनेर गरेको टिप्पणी मनपर्ने बताएकी थिईन् । उनले भर्खरै मात्र बिर बिक्रम २ को सुटिङ सकेकीछिन् ।

प्रतिक्रिया