२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

काठमाडौंको ‘नाइट लाइफ’: प्रतिदिन १७ जनासँग सेक्स

1368 Shares
Spread the love

काठमाडौं । काठमाडौंँ उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।

अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणिक रहेको बताउनुभयो ।

कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा ब्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो ।

कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन् । १५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ ।

आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहडमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ ।
भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हुँदै उनीहरू डिस्कोसम्म पुग्छन् ।

यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अबैध र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाकोे बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ ।

यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ ।

राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले गैरसरकारी संघसंस्थासँगको सहकार्यमा महिलामाथि हुने सबै किसिमका हिंसा नियन्त्रण कार्यमा केही सहज भइरहेको बताउनुभयो ।

छोरी संस्थाका प्रमुख हीरा दाहालले मनोरञ्जन क्षेत्रलाई ब्यवस्थित, मर्यादित र हिंसामुक्त बनाउन कानुन कार्यान्वयनमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले काठमाडौंमा सञ्चालित कतिपय डिस्को, क्याविन, मसाज पार्लर आदिमा देहब्यापार हुने गरेको बताउँदै तिनमा बेलाबखत छापा मार्ने गरेको जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया