
बर्मिंघम। इङल्याण्डको टिनेसाइडकी एक महिलाले कसरी जागिरको खोजी गर्दै जाँदा आफूलाई यौन खेलौा बनाइयो भन्ने विषयमा विस्तारमा बताएकी छिन् । त्यसपछि उनको जिन्दगी नर्क बनेको थियो । सारा फोरसिथ नामकी महिलाले हालै आफ्नो किताब ‘स्लेभ गर्ल’मा ती दिनका डरलाग्दा घटनाहरु बयान गरेकी छिन् । उनले आफूलाई कसरी यौन खेलौना बनाइयो र ती दिनहरु कसरी बिते भन्ने विषयमा विस्तारमा किताबमा लेखेकी छिन् ।
साराका अनुसार १९ वर्षको उमेरमा उनी एक पत्रिकामा विज्ञापन देखेपछि जागिरको खोजीमा एम्सटर्डम गएकी थिइन् । यो घटना १९९७ को थियो । सारा नर्सरी म्यानेजरको जागिरको लागि एक अफिस पुगेकी थिइन् । तर, त्यहाँ उनले बेलायतका एक खतरनाक अपराधी जोन रिसलाई भेटिन् । जोन रिसले उनलाई वेश्यावृत्तिको धन्दामा धकेलिदिए । साराले किताबमा लेखेकी छिन् कि कसरी उनलाई अपहरण गरेर बेचियो । बेचिएपछि उनलाई एक रातमा २० जना पुरुषसँग यौन सम्बन्धको लागि बाध्य पारिन्थ्यो ।
साराका अनुसार उनलाई एम्सटर्डमको चर्चित रेडलाइट एरियामा राखिन्थ्यो । उनीसँग अर्की एक युवती बस्थिन् जसले त्यहाँबाट भाग्ने कोसिसमा ज्यान गुमाइन् । उनले दलालहरुलाई ठिकसँग कमाएर नदिएपछि उनलाई गोली हानेर मारिएको थियो । साराले लेखेकी छिन् ‘मैले आज पनि त्यो रातको बारेमा डरलाग्दा सपना देख्छु ।’ मृत्युको डरले सारा सकी नसकी २०–२२ पुरुषसँग यौन सम्बन्ध बनाउन थालिन् । तर यसले उनको शरीर बर्बाद हुन्थ्यो । उनलाई असह्य पीडा हुन्थ्यो ।
पीडा धेरै भएपछि साराले पीडा कम गर्नको लागि कोकिनको नशा गर्न थालिन् । हेर्दाहेर्दै उनी ड्रग एडिक्ट भइन् । साराका अनुसार उनको जीवन नर्कजस्तै भएको थियो । त्यहाँ खाना पनि निकै कम दिइन्थ्यो । भाग्यवश एक दिन सारा त्यहाँबाट बचेर भाग्न सफल रहिन् । त्यसपछि उनले हिम्मतसाथ पुलिसलाई देश व्यापार र मानव तस्करी गर्नेहरुको बारेमा बताइन् । उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । सारा अहिले आफूलाई ठिक बनाउनको लागि मनोवैज्ञानिकसँग उपचार गराइरहेकी छिन् ।