२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कांग्रेसले सुरु गर्‍यो छायाँ सरकार गठनको प्रक्रिया

1223 Shares
Spread the love

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  छायाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीमाथि निगरानी बढाउन कांग्रेसले छायाँ सरकार गठनको प्रक्रिया सुरु गरेको हो।

कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभव संगालेका नेतालाई छायाँ सरकारको जिम्मेवारी दिने तयारी गरेको छ। जिम्मेवारीका लागि सांसद्‍लाई नाम दिनसमेत कांग्रेसले अनुरोध गरेको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडका अनुसार एक साताभित्रै छायाँ सरकार गठन भइसक्छ।

‘सरकारका सबै कामको निगरानी गर्नेगरी एक सातामै छायाँ सरकार गठन हुन्छ’, सचेतक खाँडले भने, ‘छायाँ सरकारले सरकारका हरेक कामको निगरानी दैनिक गर्छ।’

सँगै कांग्रेस संसदीय दलको बैठकले संसदमा प्रतिप्रश्न गर्न नदिए अवरोध गर्ने चेतावनी दिएको छ। आइतबार सार्वजनिक महत्वका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेपछि प्रश्न गर्न नदिएपछि कांग्रेस सांसद आक्रोशित भएका थिए।

आइबारजस्तै बुधबारको बैठकमासमेत प्रतिपक्षी दलका सांसदलाई प्रश्न गर्न नदिए अवरोध गर्ने निर्णय कांग्रेस बैठकले गरेको छ।

प्रतिक्रिया