२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

दिपक मनाङ्गेले सभामुख समक्ष भने ‘सपथ खुवाउने भए खुवाउनुस नत्र राजिनामा दिन्छु’

1614 Shares
Spread the love

आशिस तामाङ,

पोखरा – प्रदेशसभा सदस्यको शपथ खुवाउन माग गर्दै मनाङबाट निर्वाचित दिपक मनाङ्गे गण्डकी प्रदेश सभामै पुगेका छन्। आफुँलाई सपथ लिन कुनै पनि कानुनले रोकतोक नलगाएको भन्दै दीपक मनाङ्गे गण्डकी प्रदेशसभामै पुगेका हुन्।

मनाङ्गेले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई भेटेरै आफूँले सपथका लागि लामो समय कुरेको र अब कुरेर बस्न नसक्ने बताए। सोमबार बिहान करिब ११ बजे प्रदेशसभा सचिवालय पुगेका मनाङ्गेले सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्मा लगाएतलाई भेटेरै सपथ गराउन माग गरेका हुन।

सभामुखसँगको भेटमा मनाङ्गेले भने, सपथ खुवाउने भए खुवाउनुस् नखुवाउने हो भने पनि लिखित रुपमा निर्णय दिनुस्, यदि सपथ नखुवाउने हो भने म राजिनामा दिन्छु मलाई नेता हुनु छैन। मनाङ्गेले संघीय संसदमा जेलमा परेका मान्छेले शपथ खान हुने तर मैले नहुने किन भन्दै सभामुख समक्ष प्रतिप्रश्न समेत गरेका थिए।

मनाङ्गेसँगको भेटमा सभामुख अधिकारीले आज मंगलबार सम्ममा एउटा निर्णयमा पुग्ने बताएका छन्। मनाङ्ग मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद राजिब पहारी लगाएतका व्यक्तिहरुलाई भेटेका थिए।

मनाङ्गे प्रदेशसभा निर्वाचनमा मनाङ क्षेत्र नम्बर (.ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए।

प्रतिक्रिया